काठमाडौं । अहिले प्रायः सबैले लिफ्ट चढ्छन् । तर कहिलेकाँही सोच्नै नसक्ने दुर्घटना हुन्छ ।
लिफ्टमा फसेर एक वृद्ध महिलाको खुट्टा भाँचिएको छ । छत्तीसगढको दुर्ग जिल्लामा भएको यो घटनाको दर्दनाक भिडियो पनि सार्वजनिक भएको छ ।
वास्तवमा लिफ्टमा एक खुट्टा राख्नेबित्तिकै लिफ्ट सुरु भयो, जसकारण महिलाको खुट्टा पाँचौं तलासम्म लिफ्टमा अड्कियो ।
घटना जिल्लाको स्मृतिनगर प्रहरी चौकी भिलाई क्षेत्रको हो । महिलाको एउटा खुट्टाको हड्डी भाँचिएको छ भने अर्को खुट्टामा पनि गम्भीर चोट लागेको छ ।
पीडितका छोराले चौहान बिल्डकन व्यवस्थापनविरुद्ध स्मृतिनगर प्रहरी चौकीमा उजुरी दिएका छन् । उक्त घटना लिफ्ट सुरक्षाका लागि जडान गरिएको सिसिटिभीमा कैद भएको थियो ।
जानकारी अनुसार पीडित ६० वर्षीया सावित्री देवीका छोरा सौरभ रञ्जनले आफ्नी आमा परिवारसँग लिफ्ट चढेको बताए । सौरभ आफैं, उनकी श्रीमती र छोरा लिफ्टमा चढे तर सावित्री देवी चढ्दै गर्दा लिफ्ट चल्न थाल्यो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
लिफ्ट पाँचौं तलामा रोकियो । त्यतिन्जेल लिफ्टको ढोका बन्द भएको थिएन । भुइँ तल्लादेखि पाँचौं तलासम्म महिलाका दुवै खुट्टा लिफ्ट र पर्खालमा पुरिएका थिए । सो क्रममा सावित्रीदेवीको दुवै खुट्टामा चोट लागेको हो । लिफ्टमा रगत लतपत देख्न सकिन्छ ।
सौरभले आमाको दुवै खुट्टा हटाउन खोजे तर सकेनन् । चौहान टाउन व्यवस्थापनको लापरवाहीका कारण लिफ्ट मर्मत नहुँदा एक्कासी लिफ्ट चल्न थालेको सौरभको आरोप छ । यो घटना तीन दिन अघिको हो ।
प्रहरीले जाहेरी दर्ता गरी कारबाही सुरु गरेको छ । दुर्गका प्रहरी उपरीक्षक अभिषेक पल्लभले महिलालाई रायपुर अस्पतालमा भर्ना गरिएको र बयान पनि लिइएको बताए ।
फेरि बयान लिने पनि उहाँले उल्लेख गरेका छन् । औद्योगिक सुरक्षाको टोलीले सुरक्षा मापदण्डका आधारमा अनुसन्धान गर्नेछ । रिपोर्ट आएपछि थप कारबाही हुनेछ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!