विराटनगर । डान्स क्लास हिँडेकी झापा बिर्तामोडकी १३ वर्षीया बालिकालाई भारतमा बेच्न लागेको अवस्थामा मानव तस्करका सदस्य पक्राउ परेका छन् ।

शनिबार स्कुलमा डान्स क्लास छ जान्छु भन्दै हिंडेकी बालिकालाई भारत लगेर बेच्न योजना उनीहरुको रहेको खुल्न आएको छ ।

स्कुल गएकी छोरी शनिबार अबेरसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट पनि नआएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका थिए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

प्रहरीले बालिकालाई विराटनगरमा फेला पारेको छ । एक युवक र एक युवतीले भारततर्फ लैजाँदै गरेको अवस्थामा ‘साना हात नेपाल’ नामक संस्थाको सहयोगमा ती बालिकालाई प्रहरीले नाकाबाट उद्धार  गरेको थियो । ‘साना हात नेपाल’ नामक संस्थाका समाजसेवीले सीमामा शंका लागेर सोधिखोजी गरेका थिए ।

शनिबार घरबाट स्कुल जान्छु भन्दै आउन सिकाएर बालिकालाई त्यस दिन राति हिराकुमार सहनीको डेरामा राखिएको थियो । भोलिपल्ट भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको प्रहरीको दाबी छ ।

बालिकालाई भारत लगेको आरोपमा प्रहरीले भारत मजतपुर घर भई झापाको बिर्तामोड नगरपालिका– ५ मुर्तीचोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय हिराकुमार र बाराको कोल्वी नगरपालिका – ४ की १९ वर्षीय सिरिसा सिंह महथालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु प्रेमीप्रेमिका रहेको प्रहरीको दाबी छ ।

बालिकालाई बेच्न लगेको आशंका छ । पक्राउ परेका दुई जनालाई  मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठको भनाई थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु