
रुपन्देही । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले आज पक्राउ गरेको हो ।
शव परीक्षण रिपोर्टमा झुण्डिएको नभई घाँटी थिचिएका कारण मृत्यु भएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताउनुभयो ।

“शव परीक्षण रिपोर्टमा झुण्डिएर नभई ‘नेक प्रेसर’का कारण मृत्यु भएको भन्ने आयो त्यसैले घटना शङ्कास्पद छ, अब आरोपितबाट पनि धेरै कुरा खुल्छ”, प्रमुख केसीले भन्नुभयो ।
सुविनाका श्रीमान् सञ्जयले सुविनालाई तिलोत्तमा–६ पश्चिम पहुनीमा रहेको मिलन फेमिली रेष्टुरेन्टको कोठामा जेठ ३१ गते राति १ बजे झुण्डिएको अवस्थामा फेला पारी सुविनालाई क्रिमसन अस्पताल पु¥याएपछि आफन्तलाई खबर गरेका थिए । सुविनालाई अस्पताल पु¥याउँदा चिकित्सकले पहिले नै मृत्यु भएको बताएका थिए ।
यता सुविनाको घाँटी थिचेर मृत्यु भएको पुष्टि भएकाले दोषीलाई कारबाही गर्न सुविनाका आफन्तले माग गरेका छन् । सुविनाका बाबु नरु गिरीले शव परीक्षण रिपोर्टअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्याय दिन आग्रह गर्नुभयो । “शव परीक्षण रिपोर्टले घाँटी थिचेर हत्या भएपछि झुण्ड्याइएको प्रष्ट पारेको छ, दोषीलाई तत्काल कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
यसअघि सुविनाका बाबु नरुले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यानसम्बन्धी कसुरमा छानबिन गरी कारबाही गरियोस् भनी जाहेरी दिनुभएको थियो भने बुधबार किटानीसहितको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
मध्यरातमा आफ्नै आगाडि झुण्डिएको र आफैँले अस्पताल ल्याएको दाबी गरेका सुविनाका पति सञ्जयको बयानसमेत नमिलेको देखिएकाले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । गत जेठ ३० गते राति घरदेखि केही परको होटलमा झगडा भएपछि सोही होटलको कोठामा सुविना एक्कासी झुण्डिएको सञ्जयको बयान थियो । झुण्डिएको हो वा होइन भन्नेमै आशङ्का रहेका बेलामा आएको शव परीक्षण रिपोर्टले भने झुण्डिएर मृत्यु नभएको यकिन गरिदिएको छ । “घाँटीमा हातले थिचेको छ, टाउकामा पनि चोट देखिएको त्यसैले स्पष्ट भन्ने आधार छैन”, डा आहना श्रेष्ठ भन्नुहुन्छ ।
झुण्डिएको अवस्थामा देख्ने कोही नभएको र पतिकै व्यवहार शङ्कास्पद लागेपछि माइतीले सुरुदेखि नै गहिरो अनुसन्धान गर्न माग गरेका थिए । झुण्डिएको भनिएको दिन बिहानैदेखि दिउँसोसम्म घरमा झगडा भएको, नन्द, आमाजुलगायतले पनि गालीगलौज गरेको, अघिल्लो रात पतिले मदिरा सेवन गरी कुटपिट गरेको, आफ्नै सामुन्ने कुटपिट गर्दा पनि सासुले रोक्ने पहल नगरेको र मानसिक तथा शारीरिक यातना दिनदिनै दिने गरेको खुलेको माइती पक्षको दाबी छ ।
सुविनाकी फूपू छमा गिरीले सुरुमै सूचना दिने बेलादेखि नै पति (सञ्जय) र परिवार तथा नातेदारको भूमिका शङ्कास्पद लागेको बताउनुभयो । झुण्डिएर मरेको भन्ने कुरा शव परीक्षणमा पुष्टि नभएपछि पतिले नै परिवार तथा नातेदारको सहयोगमा कर्तव्य गरेर मारेको आशङ्का रहेकाले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको सुविनाका काका निमु गिरी बताउनुहुन्छ ।
शरीरमा लागेको चोटपटक, भुत्ल्याइएको कपाल, नङका डाम, विभिन्न ठाउँमा निल डाम प्रष्टै दिखिएकाले पनि सुरुमै आत्महत्या होइन भन्ने निष्कर्षमा पुगेको उहाँको भनाइ छ । सुविनाको मृत्युपछि दुई नाबालक सन्तानको संरक्षण, हेरचाह र भविष्य सुनिश्चितताका लागि चल–अचल सम्पत्ति व्यवस्था गर्नसमेत माइती पक्षको माग छ । (रासस)
सबैको जानकारीको सेयर गर्नुहोस !!