
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।
कामपाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो ।
आगामी वर्षका लािग चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । आगामी वर्षको बजेटले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभयो ।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो ।
चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो ।
आगामी वर्षका लागि कामपाले शुक्रबार बजेट ल्याउने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार असार १० गते स्थानीय तहले आगामी आवका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!