काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताउनुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ६४औं वार्षिकोत्सव समारोहमा आज उहाँले ‘नेपाली बृहत् शब्दकोष’ को मोबाइल एप निर्माण तथा ‘तस्वीरमा नेपाल’जस्तो कृति प्रकाशन भएपछि स्वदेशी र विदेशी सबै नागरिकलाई नेपाल देखाउन र नेपाल चिनाउन सजिलो भएको बताउनुभयो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्राज्ञिक सपना र तत्कालीन राजा महेन्द्रको भाषा, साहित्य र कलाप्रतिको सद्भावका कारण विसं २०१४ मा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६४ वर्षको यात्रामा थुप्रै साहित्य विकासका काम गर्न सहफल भएको भन्दै मन्त्री आलेले प्रशंसासमेत गर्नुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
प्राज्ञिक संस्थाको संरक्षकसमेत रहनुभएका मन्त्री आलेले नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनाकालदेखि हालसम्म भएका प्राज्ञिक गतिविधिका बारेमा विगतमा थोरबहुत जानकारी भए पनि पछिल्ला केही वर्षमा यस प्रतिष्ठानले गरेका कामका बारेमा नजिकैबाट हेर्ने, बुुझ्ने र सहकार्य गर्ने मौका पाएको भन्दै खुसीसमेत व्यक्त गर्नुभयो ।
भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यक्षेत्रअन्तर्गत पर्ने तथा यस प्रतिष्ठानले आफ्ना ११ विभागका माध्यमबाट विभिन्न गोष्ठी, अनुसन्धान र प्रकाशनका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको स्मरण गर्दै मन्त्री आलेले उक्त कार्यमा लाग्न सबैलाई धन्यवादसमेत दिनुभयो ।
सोही अवसरमा मन्त्री आलेले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रजस्ता कार्यक्षेत्र बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानका लागि बजेट न्यून रहेको भन्दै गुनासो व्यक्त गर्नुभयो । कोभिडको महामारीमा देश आतङ्कित भएका बेलामा पनि आफ्ना कामलाई नरोकी अनुसन्धान र प्रकाशनका क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्ने प्रतिष्ठानको सबैले उच्च मूल्याङ्कन गर्नुपर्ने मन्त्री आलेको भनाइ थियो ।
यसैगरी उहाँले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणकार्य अन्तिम चरणमा पुुगेको र सम्भवतः केही महिनाभित्रैमा त्यसको समुद्घाटन हुने आफूले खबर पाएकोसमेत जानकारी दिनुभयो । एक लाख ५० हजार शब्दको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’, पाँच हजारभन्दा बढी लेखक तथा साहित्यकारको परिचय समेटिएको ‘लेखक साहित्यकार परिचयकोष’, नेपालभित्रका सम्पूर्ण सांस्कृतिक शब्दहरूको अर्थ र प्रयोग सन्दर्भसमेत समेटिएको ‘सनातन संस्कृतिकोष’, नेपाली भूमिमा प्रवर्तन भएका पचासभन्दा बढी दर्शन समेटिएको ‘नेपाली दर्शन’, सम्पूर्ण नेपाली लोकजीवनलाई समेटेर तयार गरिएको ‘लोकवार्ताकोष’ जस्ता ऐतिहासिक महत्व राख्ने बृहत् ग्रन्थ यसै आर्थिक वर्षमा प्रकाशन हुनेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका आगामी दिनमा अगाडि सारिने प्राज्ञिक योजना र कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सबै सहयोग अनवरत भइरहनेसमेत मन्त्री आलेले विश्वास दिलाउनुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!