नयाँ दिल्ली । दिल्ली कोरोना भाइरस (कोभिड–१९) का नयाँ केशहरु २४ घण्टामा झण्डै दोब्बर फेला परेका छन् ।

भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको संख्या बढ्दै गएपछि सरकारको चिन्ता बढेको हो । पछिल्लो २४ घण्टामा दिल्लीमा १९३४ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो संख्या बुधबार रिपोर्ट गरिएका केसहरूको संख्याभन्दा दोब्बर हो। राहतको कुरा यति मात्र भन्न सकिन्छ कि यो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

स्वास्थ्य विभागले साझा गरेको तथ्याङ्क अनुसार दिल्लीमा हाल परीक्षण गरिएका नमुनामा सकारात्मकता दर ८.१० प्रतिशत छ। बुधवार दिल्लीमा २३ हजार ८७९ परीक्षण भएका थिए ।

बिहीबार एक हजार ९३४ संक्रमित रिपोर्ट भएसँगै दिल्लीमा हालसम्म कोरोना संक्रमितको संख्या १९ लाख २७ हजार ३९४ पुगेको छ । २६ हजार २४२ जनाको कोरानाका कारण ज्यान गएको छ ।

उल्लेखनीय कुरा के छ भने, दिल्लीसँगै देशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ८.६८ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा १३ हजार ३१३ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितको कुल संख्याको कुरा गर्दा यो बढेर ४३ लाख ४४ हजार ९५८ पुगेको छ । अर्कोतर्फ, यदि देशभर सक्रिय केसको कुरा गर्ने हो भने, यो ८३ हजार ९९० रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७२ जना कोरोनाबाट निको भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतभर ३८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म ५ लाख २४ हजार ९४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ लाख ९१ हजार ९ सय ४१ खोप लगाइएको छ । हालसम्म कुल १,९६,६२,११,९७३ खोप लगाइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु