काठमाडौं । जामुन ग्रीष्मकालीन स्वादिलो फल हो । जुन स्वास्थ्यका लागि पनि धेरै हिसाबले फाइदाजनक हुन्छ ।
जामुन खाँदा प्रायजसो बाल्यकालको सम्झनाहरू ल्याइदिन्छ । जुन दिन हामी बैजनी जिब्रो लिएर जामुनको साथ घुम्ने गर्दथ्यौं। तर, बाल्यकालमा जो कोहीले खान नपाएको जामुन अहिले भने विश्व बजारमा आएको क्रान्तिका कारण जहाँपनि पाउँन थालिएको छ ।
जामुनमा विशेषगरी पुरुषका लागि धेरै फाइदा छन् । यसले पेटसँग सम्बन्धित समस्या मात्र हटाउँदैन, यसले छालामा पनि राम्रो प्रभाव पार्छ । जानिराखौं जामुन खाँदा पुरुषको स्वास्थ्यमा के–के फाइदा हुन सक्छन् ।
गिजाबाट रगत बग्छ भने अचुक औषधी
गिजाबाट रगत आउने समस्यालाई हटाउन जामुन चुस्नु राम्रो मानिन्छ । जामुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छ जसले गिजाबाट रगत आउन रोक्छ। यदि तपाई चाहनुहुन्छ भने जामुनको पातलाई पिसेर पनि दाँत सफा गर्न पाउडर बनाउन सक्नुहुन्छ ।
तौल घटाउन मद्दत गर्छ
जामुनलाई तौल घटाउने राम्रो फल पनि भन्न सकिन्छ । जामुनमा राम्रो मात्रामा फाइबर हुन्छ र कम क्यालोरी हुन्छ । जसका कारण यसले तौल घटाउन मद्दत गर्छ। साथै, यसमा उच्च पानीको मात्रा भएकाले बोसो घटाइदिन्छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
रक्तचापमा लाभदायक
जामुनमा पोटासियमको राम्रो मात्रा पाइन्छ । जसले गर्दा उच्च रक्तचापको जोखिमलाई टाढा राख्छ । रक्तचापको समस्या भएका पुरुषले जामुनको सेवन गर्नु अति लाभदायी छ ।
छाला स्वस्थ रहन्छ
जामुनले छालाबाट पिम्पल, चाउरी र दागलाई टाढा राख्न काम गर्छ । पुरुषहरूले प्रायः आफ्नो छालाको हेरचाहलाई गम्भीरतापूर्वक लिँदैनन्, त्यसैले जामुन खानु राम्रो विकल्प हो। जामुनमा राम्रो मात्रामा भिटामिन सी हुन्छ जसले छालालाई कायाकल्प गर्न मद्दत गर्छ।
सबैको जानकारीको सेयर गर्नुहोस !!