
काठमाडौं । स्तन क्यान्सर एक गम्भिर रोग हो । महिलाहरुमा स्तन क्यान्सरका घटनाहरु धेरै हुने गर्दछ ।
स्तन क्यान्सरका धेरै कारण हुन सक्छन् । जसमा आनुवंशिक कारण पनि हुनसक्छ । कहिलेकाहीँ पारिवारिक इतिहास वा अन्य कुनै कारणपनि हुन सक्छ ।
चुरोट पिउने बानी, व्यायाम नगर्ने बानी, मोटोपना वा खानासँग सम्बन्धित केही गल्ती जस्ता कारणले गर्दा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।
केहि अध्ययनहरूमा यो भनिएको छ कि क्यान्सरको जोखिम ३० प्रतिशत देखि ३० प्रतिशतसम्म आहारका कारण बढाउन छ ।
यसबाट स्पष्ट हुन्छ कि खानामा ख्याल गरिएन भने स्तन क्यान्सरको जोखिम निकै बढ्छ । यस लेखमा हामी केही यस्ता खानेकुराको बारेमा लेख्दैछौं, जसको अत्यधिक सेवनले स्तन क्यान्सरको जोखिम बढाउन सक्छ।
गुलिया खानेकुरा चिनी, सख्खर, मिठाई जस्ता खान सबैलाई मन पर्छ तर मानिसहरु मोटोपनाको डरले वा मधुमेह सम्बन्धी समस्याबाट बच्न चिनीबाट बनेको चिजबाट टाढा रहन्छन् । एकै समयमा केही अध्ययनहरूका अनुसार गुलिया खानाले स्तन क्यान्सरको जोखिम धेरै बढ्छ ।

चिनी एक प्रशोधित खाना हो जसले शरीरमा रगतमा ग्लुकोजको स्तर पनि बढाउन सक्छ । यसले क्यान्सर कोशिकाहरूको वृद्धिमा मद्दत गर्न सक्छ। यसबाट यो बुझ्न सकिन्छ कि चिनीको सेवनले क्यान्सरको जोखिम बढ्न सक्छ।
दूधबाट बनेका उत्पादनहरू क्याल्सियम र प्रोटिनको लागि दूधको खपत शाकाहारीहरूका लागि धेरै महत्त्वपूर्ण मानिन्छ। साथै, गर्भवती महिलादेखि बालबालिका र बृद्धबृद्धाहरू जस्तै अन्य व्यक्तिका लागि पनि दूधको सेवन निकै फाइदाजनक रहेको बताइएको छ ।
तर, केही अध्ययनका अनुसार दूध वा दूधमा आधारित खाद्यपदार्थको सेवनले स्तन क्यान्सरको जोखिम पनि बढ्छ । यसको कारण दूध उत्पादन बढाउन गाई र भैँसीलाई हर्मोन वा रसायनयुक्त इन्जेक्सन दिने विधि बजारमा प्रयोगमा आएको छ । यी रसायन र हर्मोन दूधको साथ शरीर भित्र जान्छन्, जसले स्तनका कोषलाई हानि पुर्याउँछ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
अस्वस्थ तेल खाना पकाउन प्रयोग गरिने तेल वा अन्य प्रकारका बोसोलाई स्तन क्यान्सरको जोखिम बढाउने हिसाबले निकै हानिकारक मानिन्छ । यस्तो बोसो जन्य तथा चिल्लोको मात्रा धेरै उच्च भएका खानेकुराबाट टाढा रहनुहोस् । विशेष गरी प्रशोधित तेलका खानाबाट बच्नुहोला ।
केही अध्ययनहरूका अनुसार खाना र पेय पदार्थहरूमा पाइने ट्रान्स फ्याटले स्तन क्यान्सरको जोखिम बढाउन सक्छ। दैनिक आहारमा समावेश बिस्कुट, कुकीज र अन्य बेकरी उत्पादनहरू खादापनि जोखिम बढ्ने देखिएको छ । यो जानकारी सबैमा सेयर गर्नुहोला ।
सबैको जानकारीको सेयर गर्नुहोस !!