काठमाडौं । एक महिलाले आफ्नी १२ वर्षीया नाबालिग छोरीको ३६ वर्षीय पुरुषसँग विवाह गर्दिएको खुलेको छ ।

भारत, उत्तराखण्डको पिथौरागढबाट एउटा डरलाग्दो घटना बाहिर आएको हो ।

जानकारी अनुसार नाबालिग तीन महिनाकी गर्भवती छिन् । डरलाग्दो कुरा के हो भने यो उनको दोस्रो विवाह हो ।

घरेलु हिंसाका कारण पहिलो विवाह टुट्यो । घटनाको जानकारी पाएलगत्तै प्रहरीले अभियुक्त महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले बालिकाकी आमाविरुद्ध मानव बेचबिखन र पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको हो ।

केही दिन अघि बालविवाह निरोधक ऐन अन्तर्गत मुद्दा दर्ता गरी बालिकाको पहिलो श्रीमानलाई पनि पक्राउ गरिएको थियो ।

यो घटना पिथौरागढको धार्चुला क्षेत्रको हो । जब बालिका गर्भवती भएको थाहा भयो, कुरा पिथौरागढ महिला हेल्पलाइनमा पुग्यो । जानकारी अनुसार बालिकाकी आमा र सौतेनी बाबुले १२ वर्षको उमेरमा २०२१ जुनमा धार्चुलामा पहिलो विवाह गर्दिएका थिए । श्रीमानको कुटपिटबाट दिक्क भएर केही समयपछि बालिका माइतीघर फर्किइन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

त्यसपछि माइतीले उनको दोस्रो विवाह सन् २०२१ को डिसेम्बरमा बेरिनागका ३६ वर्षीय पुरुषसँग गर्यो । त्यसयता बालिका श्रीमानसँग बेरिनागमै बस्दै आएकी थिइन् । पारिवारिक विवादका कारण बालिकाको दोस्रो श्रीमानका काकासँग यस विषयमा कुरा भएपछि सबै कुरा बाहिर आएको हो ।

त्यहाँबाट सो कुरा बाल विकास विभागमा पुग्यो । त्यस कुरालाई गम्भीरतापूर्वक लिएर पिथौरागढका प्रहरी उपरीक्षक लोकेश्वर सिंहको आदेशमा एसएचओ बेरिनाग हेम तिवारी, हाइवे पेट्रोल युनिटका इन्चार्ज रवीन्द्र पाङ्तीलगायतका प्रहरी टोली पुगेर दुवै परिवारसँग परामर्श दियो । त्यसका साथै बालविवाह सम्बन्धी कानूनको बारेमा पनि जानकारी गराइयो । त्यसपछि दुवै परिवारले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु