काठमाडौं । नेपाली सरकारी अस्पतालको क्षमता बढ्दो छ ।

दक्ष जनशक्ति भएपनि साधन र स्रोतको अभावमा सरकारी अस्पतालमा उपचार राम्रो नहुँने गुनासोहरु आइरहेका हुन्थे ।

तर अब उल्टो हुँदै आएको छ । सरकारी अस्पतालपनि साधन स्रोत सम्पन्न हुन थालेका छन् । दक्ष चिकित्सकको सहभागीता रहेकाले उपचारपनि राम्रो हुन थालेको छ ।

यही क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इतिहासमा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले मिर्गौला प्रत्यारोपण पहिलो चरणमा सफल भएको जानकारी दिनुभयो ।

चिकित्सकको दुईवटा टोलीले ५० वर्षीय महिलामा मृगौला प्रत्यारोपण गराएको थियो । निर्देशक डा खत्रीका अनुसार ती विरामीकै श्रीमानको मिर्गौला मिल्ने देखिएपछि पोखरा र काठमाडौंको चिकित्सक टोलीले प्रत्यारोपण गराएको हो ।

मृगौलाका लागि दुईवटा चिकित्सक टोली हुने खत्रीले जानकारी दिनुभयो । एउटा टोलीले मृगौला निकाल्ने र अर्को टोलीले प्रत्यारोपण गर्दछन् । ‘प्रत्यारोपणको पहिलो चरण सफल भएको छ,’ उहाँले भन्न्भयो, ‘विरामीको पिसाब राम्ररी निष्कासन भएको जानकारी पाएको छु ।’

ति महिला ५ वर्ष अगाडिदेखि नै मिर्गौलाको बिरामी रहेकी थिइन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा पोखरामै पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्न सफल भएको हो । उहाँको प्रत्यारोपण निशुल्क गरिएको हो ।

डा. खत्रीका अनुसार अब एक दुईवटा प्रत्यारोपण निशुल्क गरिनेछ । त्यसपछि मिर्गौला प्रत्यारोपणका लागि ५ लाख रुपैंया दिने सरकारको नीति अनुरुप सरकारबाट शुल्क लिएर प्रत्यारोपण गरिनेछ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघीय सरकार माहतह पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको छ । अब पोखरामा नियमित मिर्गौला प्रत्यारोपण गराउने प्रतिष्ठानको तयारी छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

मिर्गौला प्रत्यारोपणमा डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसी तथा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ सहितको टिम सहभागी थियो ।

यो सफलतासँगै यस क्षेत्रका विरामीलाई मिर्गौला प्रत्यारोपणका लागि काठमाण्डौ, चितवन वा भारतसम्म पुग्नुपर्ने बाध्यता हट्ने विश्वास डा. चिकित्सकहरुको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु