काठमाडौं । पार्टी गठनकै बेला नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबैलाई पालै पालो मन्त्री बनाउँने बचन दिनुभयो ।
६ महिने म्याद हुन्छ, सबैको पालो पुग्छ । एक दिन मन्त्री बनेको इतिहास राख्नेभए मसँग आउँनु भन्दै एमालेमा रहन खोज्नेलाई समेत आफ्नो पार्टीमा तान्नुभयो । त्यो बेला अलिक अग्र भागमा रहेकाले पहिलो पटक मन्त्री पाए ।
अहिले उनीहरुलाई हटाएर नयाँ पठाउँन पार्टीले औपचारिक निर्णय गरिसक्यो । तर पहिलो पटक बनेकाहरु कुर्सी छोड्न तयार छैनन् ।
कुर्सी छोड्नु परे पार्टी नै छोड्ने चेतवानी मन्त्री बनेकाहरुको छ । यता मन्त्री बन्न नपाएकाहरु पहिले वचन दिएर धोका दिएको भएकाले माधव नेपालसँगै बस्नुपर्ने के छ भन्दै प्रश्न गर्न थालेका छन् ।
दोहोर दवावका कारण अहिले अध्यक्ष नेपाललाई निक्कै छटपटी भएको छ । मन्त्री फिर्ता बोलाउन गरेको निर्देशनलाई दुई जना मन्त्रीले त असहमति नै जनाएका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर बुधबार साँझ कोटेश्वर स्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गर्नुभयो ।
कोटेश्वर स्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाउनुभयो ।
‘हामीलाई किन हटाउनु पर्यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर व्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ ।
अन्य काम पनि भइरहेका छन,’ नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भन्नुभयो, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य हुनुभयो ।’
उता, दुई जना सांसदसहित पार्टीमा जानुभएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राख्नुभयो ।
‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रिमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उहाँले प्रस्ताव गर्नुभयो ।
स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गर्नुभयो । त्यहाँ रहेको स्रोतले भन्यो एकछिन त अवस्था चर्काचर्की नै बन्यो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- नाम चलेकी एक महिला व्यवसायी बलात्कृत, सँगै बसेको दुई बर्षपछि बलात्कारको मुद्धा दर्ता
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन पुग्यो, कति घातक छ ?
- यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- आफ्नै छोराकी प्रेमिकासँग बाबु: विदेशमा कमाएको ओछ्यानको लीला थाहा पाए छोरो दुखी होला भन्ने डर
स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत हुनुभयो । ‘मन्त्रिमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा विषय लागू गरिदिनुहोस– पहिलो राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्नुहोस्, दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस् ’, मन्त्रीद्वयले प्रस्ताव राख्नुभयो ।
कोटेश्वरमा उपस्थित मन्त्रीहरुले विभिन्न शर्त राखेपछि अध्यक्ष नेपालले सो विषयमा बैठकमा छलफल गर्ने बचन दिनुभयो । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरु सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालले बारम्बार आग्रह गरिराख्नुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!