काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वरिष्ठ अधिकारीसँग भेट गर्नुभएको छ ।

अहिले देखिएको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको महामन्त्री थापाले जानकारी गराउनुभयो ।

पूर्वमन्त्री समेत रहनु भएका थापाले अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्ने कुरामा आफूले अपेक्षा लिएको पनि उल्लेख गर्नुभयो ।

https://twitter.com/thapagk/status/1540191322392645632

ट्विट गर्दै थापाले भन्नु भएको छ, ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको छु ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु