काठमाडौं । कोठामा खाट राखिसकेपछि दलित भन्ने थाहा पाएर घरबेटीले डेरा दिन अस्वीकार गरेका छन् ।

भक्तपुरमा जात थाहा पाएपछि घरबेटीले ओखलढुंगाकी मुना दयाल भनिने सम्झना बिकलाई कोठा दिन नमानेका हुन् ।

मुनाले बुधबार दिउँसो जिल्ला प्रहरी परिसर भक्तपुरमा आफूलाई जातीय छुवाछुत गरेको भनेर उजुरी दिनुभएको थियो ।

तर, प्रहरीले बुधबार दिनभर नै उजुरी लिएन् । बिहीबार साँझतिर बल्ल प्रहरीले उजुरी दर्ता गरियो । विश्वकर्माका अनुसार भक्तपुर प्रहरीले प्रमाणविना र पीडकको कुरा नसुनीकन उजुरी लिन मिल्दैन भनेर पहिलो दिन फर्काएको थियो ।

प्रहरीका अनुसार त्यो भावनात्मक कुरा हो । जात थाहा पाइसके पछि आधा सामान भित्र सारेको कुरा प्रत्यक्ष प्रमाण हुँदैन भन्ने प्रश्न मुनाको थियो ।

ओखलढुंगाको मोलुङ गाउपालिका–८ को थल्लेरी स्थायी घर भएकी काठमाडौं आएको धेरै भएको छैन् । मुना काठमाडौं आएको छ महिना पुरा भयो । उनका श्रीमान विष्णु विक तीन महिनाअघि वैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ ।

मुना छोराछोरी पढाउन भनेर काठमाडौं आउँनु भएको हो । पहिलो पटक काठमाडौं आउँदा जेठाजुले कागेश्वरी मनोहरामा कोठा खोजिदिएको उहाँले बताउनुभयो । तर पहिले बसिरकेको कोठा साँघुरो भएको र साहुले पसलका लागि कोठा छोड्न भनेपछि उहाँ नयाँ डेरा खोज्दै हुनुहुन्थ्यो ।

उहाँका ६ वर्षको छोरा र २ वर्षकी छोरी छन् । नेपालको संसद्ले २०६३ सालमै जातीय भेदभाव र छुवाछुत अन्त्य भएको घोषणा गरिसकेको छ ।

संविधानले पनि जातकै आधारमा कुनै पनि किसिमको भेदभाव गर्न पाइदैँन भन्यो । तर, व्यवहारमा भेदभाव कायम छ ।

दुर्गम गाउँमा मात्रै नभई संघीय राजधानी काठमाडौं उपत्यकामै एकपछि अर्को गरी बाहिर आउने गरेका छन् । मुना बाहेक जातकै आधारमा घरधनीले जातीय छुवाछुत गरेको भन्दै यसअघि करुणा नेपाली, दीपा नेपाली र रुपा सुनारले न्यायका लागि अदालत पुग्नु परेको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु