काठमाडौं । दक्षिण एसियाली भूगोलमा सानो देश श्रीलंका अहिले टाट पल्टिएको छ । आर्थिक रुपमा अति कमजोर भएको छ ।

देशसँग डलर सञ्चित नहुँदा उनीहरुले अरु देशबाट केहीपनि खरिद गर्न पाएका छैनन् ।

आफ्नो देशमा भएको उत्पादनले आधा जनसंख्यालाईपनि खानै पुग्दैन । भोकमरी, अभावले त्यहाँको अवस्था अति अशान्त भएको छ । जन आक्रोश उच्च बढिरहेको छ ।

राजनीतिक दलका नेताले भिजन दिएर देशलाई विकास गर्न नसकेको, भ्रष्ट्राचार गरेर देशलाई खोक्रो बनाएको भन्दै श्रीलंकाका जनताले सांसद, मन्त्री र नेतालाई घर–घर बाट थुतेर आक्रोश पोखिरहेका छन् ।

कयौँ नेता, सांसदका घर जलाइएको छ । बाटोमा सुरक्षाकर्मीसहित सवारी साधनमा सावरी गरिरहेका बेला गाडि रोकेर जनताले सडकमा नै कारबाही गरिरहेका छन् ।

जनता जनार्दन हुन विश्वको सबै शासक प्रशासकलाई यो गतिलो सन्देश गइरहेको छ । नेपालपनि आर्थिक रुपमा कमजोर बन्दै गएको आँकलन गरिएको छ । राष्ट्र बैकले डलर सञ्चित अति न्यून हुँदै गएको बताएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

नयाँ कदम नचाल्ने हो भने यो देशको अवस्था अति कमजोर हुने राष्ट्र बैकको उद्घोष रहेको छ ।

त्यो बेला नेता, सांसद, मन्त्रीको हालत के होला ? अनुमान गर्न सकिन्न । किनभने नेपालमा अहिलेपनि राजनीतिक दलका नेताप्रति ठूलो आक्रोश छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु