काठमाडौं । लामो समय देशमा राजा आउँनुपर्छ भन्दै हिड्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अचानक चे ग्वभारलाई याद गर्नुभएको छ ।

अध्यक्ष थापाले शुक्रबार चे ग्वभाराको एक भनाई साझा गर्नुभयो, जसमा भनिएको छ, ‘यदी तिमी कुनै बाधा बिनाको बाटो हिड्छौँ भने यसले तिमीलाई कही पनि पुर्याउनेछैन् ।’

साथमा थापाले अर्को भनाई पनि साझा गर्नुभएको छ, जसमा कसैको नाम उल्लेख छैन् ।

जसमा भनिएको छ, ‘तीन प्रकारका व्यक्तिलाई जीवनमा कहिल्लै नविर्सनुहोस्ः जसले मितीलाई कठिन समयमा तिम्रो साथ दिए, जसले कठिन समयमा तिम्रो साथ छोडे, र जसले तिमीलाई नै कठिन समयमा धकेलिदिए ।’

तपाईंलाई जानकारी गराउ चे ग्वभार अर्जेन्टिनाका ती मार्क्सवादी क्रान्तिकारी हुनुहुन्थ्यो, जसले क्युबाको क्रान्तिमा मुख्य भूमिका खेल्नुभयो । उहाँलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो ।

उनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि हुनुहुन्थ्यो, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गर्नुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

मृत्युपछि उहाँको अनुहार विश्वभर सांस्कृतिक विरोध एवम् वामपन्थी गतिविधिहरूको प्रतीक बन्यो । नेपालका कम्युनिष्टहरूले पनि उहाँलाई विशेष स्थान दिने गरेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु