काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ । उक्त बजेट चालु आवको भन्दा रु सात अर्बभन्दा बढी हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले आज नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गर्नुभएको हो ।

कामपाले चालु आवका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । जसमा सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट पारित भएको थियो ।

आगामी आवका लागि पनि चालु आवको जस्तै पूर्वाधार विकासका लागि सबैभन्दा धरै रु ११ अर्ब आठ करोड बजेट प्रस्ताव गरिएको छ । नगरसभामा उपप्रमुख डङ्गोलले कार्यालय खर्चका लागि रु चार अर्ब ६८ करोड बजेट प्रस्ताव गरेको जानकारी दिनुभयो । यो कूल बजेटको २० प्रतिशत हो ।

यस्तै आर्थिक विकास कार्यक्रमका लागि कूल बजेटको २.२४ प्रतिशतले हुन आउने रु ५० करोड २१ लाख २४ हजारसमेत विनियोजन गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चितकोषमा जम्मा हुने रु २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजारबाहेक सङ्घीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने महानगरले जनाएको छ ।

यस्तो आम्दानी सञ्चित कोषबाहेक रु तीन अर्ब पाँच करोड एक लाख ४७ हजार रहने छ । संवैधानिक व्यवस्थाअनुसार कामपाले यही असार ८ गते नीति तथा कार्यक्रम पारित गरेको थियो भने सोहीअनुसार आज बजेट नगरसभामा प्रस्तुत गरेको हो ।

सम्बन्धित खबरहरु