काठमाडौं । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा उपप्रमुख हुमाकुमारी डिसीले आगामी आवका लागि रु दुई अर्ब ३२ करोड ९० लाख ९१ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
उपमहानगरपालिकाको कूल बजेटमध्ये सङ्घ सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु ७४ करोड दुई लाखमध्ये रु १० करोड ३० लाख अर्थात् १३ प्रतिशत पूँजीगत खर्च हुनेछ भने रु ६३ करोड ७२ लाख अर्थात् ८६ प्रतिशत चालु खर्चका लागि हुनेछ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु पाँच करोड ४० लाख अर्थात शतप्रतिशत पूँजीगत खर्च हुनेछ ।
सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट विनियोजन गरिएको रु एक अर्ब ५३ करोड ४८ लाख ९१ हजारमध्ये रु ६१ करोड ६९ लाख ८१ हजार अर्थात् ४०.२० प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु ९१ करोड ७९ लाख १० हजार अर्थात् ५९.८० प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको उपप्रमुख डिसीले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ ।
घोराहीको कूल बजेट रु दुई अर्ब ३२ करोडमध्ये रु एक अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात् ५३.८५ प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु एक अर्ब सात करोड ४९ लाख १० हजार अर्थात् ४६.१५ प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको छ । घोराही उपमहानगरपालिकाले आगामी आव २०७९/०८० मा रु ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । घरजग्गा रजिष्टे«शनसमेत मध्येबाट यो रकम आय हुने अनुमान गरिएको छ ।
सङ्घीय वित्तीय समानीकरण अनुदानबाट रु ३५ करोड ९५ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड ७६ लाख ५८ हजार, सङ्घीय रोयल्टी बाँडफाँटबाट रु सात लाख, सङ्घीय विशेष अनुदानबाट रु दुई करोड बेहोरिनेछ । यस्तै प्रदेश समानीकरण अनुदानबाट रु एक करोड ६७ लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु चार करोड ४४ लाख ५७ हजार, प्रदेश सःशर्त अनुदानबाट रु एक करोड ६० लाख, प्रदेश समपूरक अनुदानबाट रु तीन करोड, प्रदेश विशेष अनुदानबाट रु ८० लाख बेहोरिनेछ । यसमा नपुग हुने रकम रु ५३ करोड ५८ लाख ५१ हजार चालु आवर्ष २०७९/०८० को बंैंक मौज्दातबाट बेहोरिनेछ ।
यसबाहेक उपमहानगरपालिकालाई सङ्घ तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वर कार्यक्रमलगायत अन्य कार्यक्रमको एकल खाता कोष प्रणालीमार्फत भुक्तानी हुने भएकाले आगामी आव २०७९/०८० को बजेट प्रक्षेपणमा समावेश नगरिएको पनि उपप्रमुख डिसीले बजेट प्रस्तुतीकरणमा जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख डिसीले बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटका बारेमा आगामी सोमबार छलफल हुने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- नाम चलेकी एक महिला व्यवसायी बलात्कृत, सँगै बसेको दुई बर्षपछि बलात्कारको मुद्धा दर्ता
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन पुग्यो, कति घातक छ ?
- यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- आफ्नै छोराकी प्रेमिकासँग बाबु: विदेशमा कमाएको ओछ्यानको लीला थाहा पाए छोरो दुखी होला भन्ने डर