
काठमाडौं । राष्ट्रति सी चिनफिङ यहाँको भ्रमणमा आउने भएका छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता यहाँ आयोजना हुने बैठमा सहभागी हुन उनी भ्रमणमा निस्कन लागेका हुन् ।
कोभिड–१९ को महामारीपछि मुख्यभूमि चीनबाट उनको यो पहिलो भ्रमण हो । राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहर का नयाँ नेता जोन लीले शपथ लिने कार्यक्रम रहेको समाचार एजेन्सी सिह्वाले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको उद्घाटन समारोहमा पनि सहभागी हुने छन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- नाम चलेकी एक महिला व्यवसायी बलात्कृत, सँगै बसेको दुई बर्षपछि बलात्कारको मुद्धा दर्ता
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन पुग्यो, कति घातक छ ?
- यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- आफ्नै छोराकी प्रेमिकासँग बाबु: विदेशमा कमाएको ओछ्यानको लीला थाहा पाए छोरो दुखी होला भन्ने डर
हङकङका अधिकारीहरूले कोभिड–१९ को महामारी प्रतिबन्ध र सुरक्षा कारण जनाउँदै नयाँ नेता लीको शपथ ग्रहण समारोहको समाचार सङ्कलन गर्न केही सञ्चारगृहमाथि प्रतिबन्ध लगाएका छन् । यद्यपि यसरी प्रतिबन्ध लगाइएका सञ्चारगृहका प्रतिनिधि नियमित रूपमा आयोजना हुने सरकारी प्रेस सम्मेलनहरूमा भाग लिने गरेका छन् ।
अधिकारीहरूले सी जिनपिङको उपस्थितिमा हुने कार्यक्रममा जापान निक्की, असाही शिम्बुन, र क्योडो न्यूज, ताइवानको सिटिभी, अमेरिकाको गेटी इमेजका साथै हङकङको इनमिडिया र हङकङ फ्रि प्रेसलाई प्रवेश निषेध गरिएको छ । हङकङ पत्रकार सङ्घले प्रशासनको उक्त निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
सङ्घले इच्छुक सञ्चारगृहका प्रतिनिधिलाई प्रवेशको अनुमति दिन आग्रह गरेको छ । जनतालाई जानकारी गराउने कर्तव्यबाट सञ्चारकर्मीलाई रोक लगाउन नहुने उसले बताएको छ ।
गत महिना राष्ट्रपति सीले नवनियुक्त हङकङ प्रमुख कार्यकारीलाई भेटेर अराजकताबाट सुव्यवस्थातर्फ हङकङ अघि बढेकामा उनलाई धन्यवादसहित बधाई दिएका थिए । नव नियुक्त ६४ वर्षीय नेता लीले वर्तमान प्रमुख कार्यकारी क्यारी ल्यामबाट आगामी शुक्रबार कार्यभार सम्हाल्ने छन् ।