काठमाडौं । ओस्लोस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन् ।
नाइटक्लबमा धेरै गोली चलाइएको र धेरैजना गम्भीर घाइते भएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको कारण स्पष्ट भइनसकेको तथा घटनाको छानबिन भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा उक्त घटना भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- नाम चलेकी एक महिला व्यवसायी बलात्कृत, सँगै बसेको दुई बर्षपछि बलात्कारको मुद्धा दर्ता
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन पुग्यो, कति घातक छ ?
- यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- आफ्नै छोराकी प्रेमिकासँग बाबु: विदेशमा कमाएको ओछ्यानको लीला थाहा पाए छोरो दुखी होला भन्ने डर
टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि शुक्रबार १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुने क्रममा छ ।
उनान्चालीस करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो ।