काठमाडौं । राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा)ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ । नासको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् ।
अन्तरिक्ष एजेन्सीले यहाँस्थित आरआर अक्सनलाई सन् १९६९ को अपोलो ११ मिसनमा सङ्कलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो । चन्द्रमाको चट्टानबाट सङ्कलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्नेनपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई ख्वाइएको थियो ।
नासाका वकिलले लिलामीकर्ता कम्पनीलाई पत्र लेखेर चालीस मिलिग्राम चन्द्रमाको माटो र तीनवटा मरेका साङ्ला रहेको शिशी सङ्घीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका छन् । नासाको पत्र पाएपछि आरआर अक्सनले चार लाख डलरमा बेच्ने तयारी गरिएको माटो र साङ्लालाई अक्सनको सूचीबाट हटाएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- नाम चलेकी एक महिला व्यवसायी बलात्कृत, सँगै बसेको दुई बर्षपछि बलात्कारको मुद्धा दर्ता
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन पुग्यो, कति घातक छ ?
- यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- आफ्नै छोराकी प्रेमिकासँग बाबु: विदेशमा कमाएको ओछ्यानको लीला थाहा पाए छोरो दुखी होला भन्ने डर
लिलामी रोक्न नासाले दुईपटक पत्राचार गर्नुपरेको थियो । अपेलो ११ मिसनले २१.३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो । उक्त चट्टानलाई धुल्याएर कीरा, माछा,साङ्लालगायत जीवलाई खुवाइएको थियो । चट्टानको धुलो विषाक्त भएनभएको निक्र्योल गर्न तिनलाई त्यो खुवाइएको थियो ।
चन्द्रमाका धुलो खुवाइएका साङ्लालाई त्यति बेला नै मिनेसोटा विश्वविद्यालय लगेर कीटविद् मेरियन बुक्सबाट अनुसन्धान गराइएको थियो । चन्द्रमाको माटो विषाक्त नभएको उनले पुष्टि गरेकी थिइन् । पन्ध्र वर्षअघि नै ब्रुक्स यो संसारबाट बिदा भएकी छन् ।