काठमाडौं । पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय चुल्हो र विद्युतीय सवारीसाधनमा प्रोत्साहन गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

बजेटमा व्यवस्था भएको विषयलाई कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको सिफारिसअनुरुप कार्यान्वयन गरिनेछ ।

सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, पुरानालाई विद्युतीयमा रुपान्तरण गर्ने तथा ठूला सवारीसाधनलाई विद्युतीय रुपान्तरण गर्ने नीतिगत निर्णय गरिनेछ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

पेट्रोलियम पदार्थको खपत कम गर्न अन्य मुलुकको असल अभ्यासलाई पनि अध्ययन गरेर विज्ञसँगको परामर्शपछि निर्णय लिने र हालको निगमको व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन पनि कार्यदलले सुझाव दिएपछि कार्यान्वयनमा लगिने मन्त्री बडूले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु