काठमाडौं । टेलिभिजन रियालिटी शो 'डान्सिङ स्टार्स नेपाल' को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ ।

शुक्रबार राति भएकाे ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार जित्नुभएको हो ।

यस्तै, प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जित्नुभएको हो भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअपकाे उपाधि जित्नुभएकाे छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गर्नुभएको हो ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए ।

गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको डान्सिङ स्टार्स नेपालको निर्देशन लक्ष्मण पौडेलले गर्नुभएको हो ।

सम्बन्धित खबरहरु