काठमाडौं । मृत्युदण्डको सजाय माग गरिएका सबैभन्दा कान्छा कैदी जेलबाट छुटेका छन् ।

सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आशङ्कामा १३ वर्षको उमेरमै पक्राउ परेका एक कैदीलाई साउदी अरबको सरकारले रिहा गरेको हो ।

यसअघि, मुर्तजा कुरेरिसलाई मृत्युदण्डको सजाय माग गरिएको भए पनि जेल सजाय मात्र दिइएको थियो ।

उनलाई साउदी सरकारले सन् २०१४ मा पक्राउ गरेको थियो । उनीमाथि लागेका धेरै अभियोगमध्ये सन् २०११ मा भएको ‘अरब स्प्रिङ’ प्रदर्शनमा सहभागी हुनु एक मुख्य आरोप थियो ।

कुरेरिस राजनीतिक प्रदर्शनमा सहभागी भएको कारण नियन्त्रणमा लिइएका साउदी अरबका सबैभन्दा कान्छा कैदी थिए । अल्पसङ्ख्यक शिया मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने उनलाई साउदी अरबको पूर्वी प्रदेशमा अरू बालबालिकासँगै साइकलमा विरोध र्‍यालीमा सहभागी भएको भिडियो बाहिर आएपछि उनलाई नियन्त्रणमा लिइयो ।

साउदीमा शिया मुस्लिमहरूले बहुसङ्ख्यक सुन्नी मुस्लिमहरूबाट भेदभाव हुने गरेको आरोप पटक पटक लगाउँदै आएका छन् । त्यहाँ आफूहरूलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिएको गुनासो समय समयमा गर्ने गर्छन् ।

अन्य, अरब देशहरूमा भएको विद्रोहबाट प्रभावित भएर उनीहरूले पनि साउदी प्रशासनविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । तर त्यहाँ फैलिएको तनाव सुरक्षाबल प्रयोग गरेर शान्त पारियो ।

त्यस बेला र लगत्तैका प्रदर्शनमा सहभागीहरूलाई पक्राउ गरिएको थियो, कतिपयलाई मृत्युदण्ड पनि दिइयो । मानवाधिकारका क्षेत्रमा काम गरिरहेका समूहहरूले मुर्तजा कुरेरिसलाई बिना कुनै आरोप वर्षौँसम्म नियन्त्रणमा लिइएको आरोप लगाउँदै आएका छन् । उनी रिहा भएपछि उनी पक्राउ पर्दै गर्दाको तस्बिरसँग कुरेरिसको अहिलेको तुलना गरिएको छ ।

त्यस बेला सानो बालक देखिएका उनी अहिले दाह्री पलाएका युवक भैसकेका छन् । उनलाई अदालतमा सुनुवाइको क्रममा एउटा अतिवादी आतङ्कवादी समूहमा आबद्ध भएको भनिएको थियो ।

प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेको आरोप लागेका आफ्ना दाजुलाई सहयोग गरेको अभियोग पनि उनीमाथि छ । सोही आरोपमा मृत्युदण्ड दिनुपर्ने माग सरकारी वकिलहरूले गरेँ ।

अधिकारकर्मीहरूले उनलाई झुन्डाएर मारिने जोखिम रहेको उल्लेख गर्दै आएका थिए । उनको स्वीकारोक्तिलाई प्रमाणको रूपमा पेस गरिए पनि कुरेरिसले आफूलाई यातना दिएर बोल्न लगाइएको भनेपछि नयाँ ट्विस्ट देखियो ।

बालकलाई आरोपित गरिएको यो घटनाले अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको थियो । त्यसैले पनि मृत्युदण्डको सट्टा जेल सजायको मात्रै फैसला गर्न साउदीमाथि दबाव पुगेको अनुमान गरिन्छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सुरुमा उनलाई १२ वर्षको जेल सजाय तोकिए पनि पछि घटाएर आठ वर्ष कायम गरिएको थियो । पूरा सजाय भुक्तान गरेपछि उनी थुनामुक्त भएका हुन् । मानव अधिकारकर्मीहरूले उनलाई मुक्त गर्ने निर्णयको स्वागत गरेका छन् । बीबीसी

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु