टोकियो, जापान । जापान स्थित अध्यागमन बिभागले बिभिन्न समयमा जारी गरेका भिषाको अबधी थप गरेको छ ।

अध्यागमनले दिएको जानकारी अनुसार २०२० जनवरी देखी यता जारी गरेका प्रमाणिकरण पत्र (सिओइको) को म्याद थप गरेको हो ।

उसले दिएको जानकारी अनुसार २०२० जनवरी १ देखी २०२२ अप्रिल ३० सम्म जारी गरिएका सिओइ म्याद अक्टुवर ३० सम्म कायम गरिएको छ ।

त्यसगरी २०२२ मे १ देखी जुलाई ३१ सम्म जारी गरिएका सिओइको म्याद ६ कायम रहने अध्यागमनले आज जारी गरेको सुचनामा उल्लेख छ ।

२०२२ अगष्ट १ देखी जारी हुने सिओइको म्याद ३ महिना मात्र कायम गरिने पनि अध्यागमन बिभागले जनाएको छ । कोरोना महामारी अघी सम्म सिओइको म्याद ३ महिना मात्र थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

कोरोना सन्क्रमण नियन्त्रणमा आएको र जापान प्रबेश गर्ने बिदेशीहरुको संख्या दैनिक बढीरहे पछी अध्यागमन पनि बिभाग पुरानै नितीमा फर्किएको हो ।

सूचना अनुसार कारण बिशेषले सिओइको म्याद सकिएकाले अर्को बर्षको जनवरी १ सम्म प्रतिलिपीका लागि आबेदन दिन पाउने छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु