काठमाडौं । मलेसियाको गृह मन्त्रालयले फिलिपिन्स, इन्डोनेसिया र बंगलादेशबाटपनि सुरक्षा क्षेत्रसँग सम्बन्धित कामदार ल्याउने तयारी थालेको छ ।

गृह मन्त्रालयले नयाँ स्रोत मुलुकबाट कामदार लैजाने प्रस्तावबारे छलफल गर्ने भएको छ ।

गृहमन्त्री दातुक सेरी हमजाह जैनुद्दीनले नेपालबाहेक अन्य मुलुकबाट पनि वैदेशिक रोजगारीमा सरक्षा गार्ड ल्याउने विषयमा नीतिगत तहमा निर्णय भएको बताए । यसले नेपाली सुरक्षा गार्डहरुलाई धक्का भएको छ ।

अहिलेसम्म मलेसियाले नेपाली सुरक्षा गार्ड मात्र लैजादै आएको थियो । अब भने अरु मुलुकबाटपनि लैजाने भएको हो ।

‘यद्यपि यी कामदार ल्याउनका लागि उनीहरूले मापदण्ड पूरा गर्नुपर्नेछ । अर्थात् विदेशी कामदारले आफ्नै देशको सुरक्षा क्षेत्रमा काम गरेको अनुभव हुनुपर्छ,’ उनले मलेसियाली पत्रकारहरूसँग भने ।

उनले यस विषयमा छलफल भइसकेपछि विदेशी कामदारहरुले निवेदन दिन सकिने तर उनीहरुको प्रवेश सम्बन्धित स्रोत राष्ट्रको निर्णयमा भर पर्ने बताए ।

नेपाल र यस क्षेत्रमा स्थानीय कामदारको अभावलाई सन्तुलनमा राख्न सरकारले नयाँ स्रोत मुलुकबाट सुरक्षा क्षेत्रमा विदेशी कामदार भर्ना गर्ने प्रस्तावमाथि विचार गरेको हमजाहले यसअघि उल्लेख गरेका थिए ।

यसैबीच, एमएमईएका महानिर्देशक दतुक मोहम्मद जुबिल मत सोमले एजेन्सीले सञ्चालन गरेको विशेष अभियानमा देशमा अवैध प्रवेश, निषेधित तथा नियन्त्रित सामानको तस्करी र घुसपैठलगायत विभिन्न सामुद्रिक फौजदारी अपराधमा ६३ जनालाई पक्राउ गरेको बताए । विदेशी माछा मार्ने डुङ्गापनि यसमा परेको उनको भनाई छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

बरामद गरिएको सामानको कूल मूल्य करिब दुई करोड ३० लाख रुपैयाँ रहेको उनले बताए ।

ओप पगर लाउट, जुन सातौं वर्षमा छ । प्रत्येक वर्ष ईदलफित्री उत्सवको संयोजनमा विशेष अभियानको रूपमा यो मनाइन्छ । जुन चाडपर्वको सिजनभर सीमापार आपराधिक गतिविधिहरू रोक्नमा केन्द्रित हुन्छ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु