काठमाडौं । सामान्यतयाः निदाइरहेको बेलामा एकपछि अर्को विचार भावना र संवेदना अचेतरूपमै मस्तिष्कमा आउनुलाई सपना देख्नु भन्ने गरिन्छ ।

मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ राम्ररी बुझ्न सकिएको छैन ।

सपना विभिन्न किसिमका (डरलाग्दो साहसिक रमाइलो तथा यौन–सम्बन्धी) हुन्छन् । आज हामी यौन–सपना किन देखिन्छ भन्ने विषयमा जानकारी गराउन गइरहेका छौँ ।

सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौन–व्यग्रता तथा यौन–तनाव बढाउँछ भने अर्को तिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

अनि वीर्यले स्वाभाविक रूपमा बाहिर निस्कने बाटो खोज्छ । हस्तमैथुन वा यौन–सम्पर्क बाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ ।

अनि पुरुषको हकमा यौन –चरम सुख प्राप्ति हुँदा सपनामै वीर्यस्खलन हुने स्थितिसम्म हुग्छ । अर्कोतिर यदी महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ ।

यौनतनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । त्यसकारण यौनतनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरीको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले दिएको यो यौन–सपना एक स्वभाविक कुरा हो । अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्य रुपमा राखिँदा यो केही कम भए पनि निर्मुल हुन सक्दैन् ।

केही व्यक्तिहरुमा पर्याप्त र नियमित रुपमा हस्तमैथुन वा यौन–सम्पर्क गरिएको अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ ।

अनुसन्धानहरुले यौन–सपनालाई टेस्टेस्टोरन नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् । नदेख्ने व्यक्तिमा त्यस्तो मात्रा बढि हुने देखिएको छ ।

यौन–का दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ । तर केही व्यक्तिले कुनै पनि समयमा यौन–सपना नै नदेख्ने पनि हुन्छ, त्यो कुनै कमजोरी भने होईन् । यौन–सपना देखेर निन्द्रामै यौन–चरमसुख पाउनु अनि त्यस्तो सपना नै नदेख्नु दुबै प्राकृतिक कुराहरु हुन् । एजेन्सी

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु