काठमाडौं । गर्मी मौसममा विभिन्न रोगहरु लाग्ने गर्छन् । गर्मीमा प्रायः पानी र खानपानबाट सर्न सक्ने रोगहरु मुख्य हुन् ।

बाहिरी तापक्रमले पनि विभिन्न खालका स्वास्थ्य समस्याहरु निम्त्याउँछ ।

दुषित खानपानले टाइफाइड, जण्डिस, झाडापखला आदि रोग लाग्न सक्छन् । त्यस्तै वातावरणको प्रभावबाट निर्जलीकरण, लू लाग्ने, सनर्बन मुख्य गर्मी मौसममा देखा पर्छन् ।

पानी–फोका र दादुराका बिरामी पनि यस समयमा बढी देखिन्छन् । फुड प्वाइजिङ फोहो, बासी र सडेगलेको खानाबाट हुन्छ भने स्ट्रिट फुडबाट पनि यो समस्या आउन सक्छ । पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पातलो दिशा हुने, ज्वरो आउने आदि समस्या पनि हुन सक्छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

चिकित्सकहरुका अनुसार वर्षामा पिउने पानीमा ढलको फोहोर मिसिँदा पानी दुर्गन्धित हुन्छ । फोहोर हातले खाना खादा खाँदा, फल तरकारी राम्रो सँग नपखाली खाँदा टाइफाइड जस्तो रोग लाग्नसक्छ ।

बाहिर घाममा निस्कँदा मुख सुक्ने, पिसाब पहेलो हुने, टाउको दुख्ने थकान महसुस हुने, आँखा गाडिने समस्या हुन्छ । लुमा अत्याधिक टाउको दुख्ने, चक्कर लाग्ने, मांसपेशी बटारिने र दुख्ने, कम्पन हुने लक्षण देखा पर्छन् ।

यस्तो अवस्थामा समयमै उपचार नपाए बिरामीको ज्यान जान सक्छ । वातावरणीय प्रभावले छालामा देखिने समस्याहरू पनि यो मौसममा निकै बढ्छन् । गर्मीमा लाग्ने रोगबाट बच्नका लागि सफा र स्वच्छ पानी पिउनुपर्छ ।

झोलिला पदार्थ र बढी रस भएका फलफूलको सेवन पनि प्रशस्त मात्रामा गर्नुपर्छ । घरमै पाकेको खानामा बढी जोड दिनुपर्छ । खाना खानुपूर्व साबुनपानीले राम्ररी हात धुने गर्नुपर्छ । सडेगलेका बासी खानेकुरा खानुहुँदैन । गर्मीमा छाता लिएर बाहिर निस्कनु राम्रो हुन्छ ।

हातखुट्टा छोपिने गरी कटनका पहिरन लगाउनुपर्छ, धेरै रंगीबिरंगी पहिरन नलगाउँदा राम्रो हुन्छ । बाहिर घाममा निस्कनु भन्दा ३० मिनेट अगाडि सनस्किन क्रिम (एसपीएफ ३० भन्दा माथिको) लगाएर मात्रै बाहिर निस्कँदा छाला डढ्न पाउँदैन् ।

डा. रञ्जितकुमार झा, सिनियर कन्सल्टेन्ट फिजिसियन / गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु