काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोटमा सञ्चालन भएको त्यस बेलाको मुलुककै सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना अहिले बन्द छ ।

बन्द भएको १२ वर्ष भइसकेकाले अहिले कारखानाका संरचना खण्डहरमा परिणत भएका छन् ।

२०३७ सालदेखि सञ्चालित सरकारी स्वामित्वको यो कारखाना २०४८ सालमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरिएको थियो ।

त्यसपछि केही समय सञ्चालन भएको यो कारखाना २०६७ देखि बन्द भएको हो । भृृकुुटी कागज कारखानामा कार्यरत ३४० मजदुरले कारखाना बन्द हुुँदाको समयमा पाउने करिब १० करोड रुपियाँ अहिलेसम्म पाउन नसकेको स्थानीय मजदुुर होमनाथ कँडेलले बताउनुभयो ।

मजदुुरले सो रकम पाउन पटकपटक आन्दोलन गरी रकम बुझाउने कारखाना व्यवस्थापनले सहमति गरे पनि रकम बुझाउन आलटाल गर्दै आइरहेको छ ।

भृकुटी कागज कारखाना खण्डहर बन्दा स्थानीय सुरक्षा जोखिम बढेको भृकुटी कागज कारखाना सरोकार समितिका संयोजक वेदप्रसाद गौडेल बताउनुभयो ।

गैँडाकोट नगरपालिका–२ को राजमार्गसँगै जोडिएको स्थानमा रहेको यो कारखाना खण्डहर बनेको र यसको दीर्घकालीन समाधान खोज्न भृकुटी कागज कारखाना सरोकार समिति गठन गरी यसको स्थानान्तरणमा ध्यान दिन स्थानीय सरकार नेपाल सरकार, प्रदेश सरकार र गोल्छा अर्गनाइजेसनलाई ध्यानकर्षण गराइएको संयोजक गौडेलको भनाइ छ ।

अहिले खण्डहर बनेको भृकुटी कागज कारखाना परिसर अजिङ्गर, विषालुु सर्प, बाघ, स्याललगायतका जनावरको बासस्थान र कुलतमा लागेका युुवा बस्ने अखडा बन्न थालेपछि यसको स्थानान्तरणमा ध्यान दिन आग्रह गरिएको सरोकार समितिका कोषाध्यक्ष हरिराम सापकोटाले बताउनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले भृकुटी कागज कारखानाबारे नगर सभामा पनि छलफल गरी एउटा साझा एजेन्डा तय गरिने बताउनुभयो ।

कारखानाका पुराना संरचना र सामग्रीले नागरिकलाई असर पर्न नदिने गरी काम गर्ने नगरप्रमुुख अधिकारीले बताउनुभयो । कारखाना गैँडाकोट वडा नं. २, ५ र ६ को ५६ बिघा क्षेत्रफलमा फैलिएको छ ।

कारखानाभित्र क्लोरिनको सिलिन्डर रहेको र त्यो विस्फोट भए गैँडाकोट नै ध्वस्त हुने भन्दै स्थानीयवासीले सफाइको माग गरेको संयोजक गौडेलले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा बाह्र वर्षमा पनि मजदुरले रकम पाएनन् शिर्षकमा समाचार छापिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु