काठमाडौं । चितवनमा काम गर्न राखेकी बालिकामाथी करणी भएको घटना सार्वजनिक भएको छ ।

‘१५ बर्षकी नाबालिगलाई करणीपछि, मेरो उनीसँग सम्बन्ध रह्यो, अब हामी बिहे गर्छौ’ भन्दै विवाहको प्रपञ्च रचिएको देखिएको हो ।

‘यसमा गाउँले, केटाकी आमा र बालिकाकी आमाले समेत स्वीकार गरेर बिहे गराएर घरमा (गाई फर्म) सँगै राखिएको अवस्थामा फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमराका ३४ बर्षीय केदार पौडेलले आफ्नै गाई फर्म (भरतपुर महानगरपालिका वडा नम्बर ३) मा काम गर्न राखेकी अवोध बालिकालाई करणी गरेका हुन् ।

‘बालिकाका आफन्तका अनुसार पीडित बालिका अब भदौमा मात्र १६ बर्ष पुग्नेछिन् । जबकी पौडेलकी घरमा अर्की श्रीमती छिन् ।

‘श्रीमती सविता कँडेलको कोखबाट १६ महिनाको छोरा छ । २०७३ सालमा परम्परा अनुसार विवाह गरेपनि अहिलेसम्म विवाह दर्ता समेत नगराएको खुल्न आएको छ ।

‘छोरा सहित श्रीमती घरमा नै रहेपनि श्रीमती पोइला गएकी हो, भनेर उनको गाई फर्म (भरतपुर महानगरपालिका वडा नम्बर ३) मा रहेका स्थानीय र बालिकाकी आमासँगै आफन्तलाई समेत ढाँटेर’ बिहेको प्रपञ्च रचेको पाईएको छ ।,

‘उनले घरभन्दा टाढा भरतपुर महानगरपालिका वडा नम्बर ३ मा गाई फर्म खोलेका थिए । बिहे गरेको भनेर १५ बर्षीय बालिकालाई गाई फर्ममा नै राखेर प्रलोभनमा पारेर बैवाहिक करणी गरिरहेको देखिएको छ ।,

‘यो थाहा पाएपछि श्रीमती कँडेलले बहुविवाहमा प्रहरीलाई गुहारेकी थिइन् । प्रहरी उक्त फर्ममा पुगेको भिडियो जनबोली डटकमलाई प्राप्त भइसकेको छ ।,

‘भिडियोमा बिहे भएको कुरा, स्थानीय र स्वयं पौडेलकी आमा तथा दिदिको मुखबाट खुलेको छ । प्रहरी त्यहाँ पुगेर करणी गर्ने पुरुषलाई तत्कालै पक्राउ गर्न र पीडित बालिकालाईपनि संरक्षण गर्न सक्ने अवस्था थियो । तर प्रहरी त्यो दिन त्यसै फर्कियो ।,

‘मोबाईलमा फोन गरेर कार्यालयमा हाजिर हुन भनियो । जिल्ला प्रहरीको महिला सेलले प्रहरी घटनास्थल पुगेको तीन दिनपछि मात्र पीडित र आरोपीलाई कार्यालयमा आफै उपस्थित गरायो । यो तीन दिनमा आरोपीतले बयान फेरेका छन् ।,

‘बालिकालाईपनि बिहे भएको छैन म काम गर्न बसेकी हुँ कामबाट निकालिए घर फर्किनेछु भन्न सिकाइएको छ । स्थानीयका अनुसार बालिका चेपाङ्ग समुदायकी गरिब परिवारकी सदस्य रहेको खुल्न आएको छ ।,

‘बहुविवाह र करणीको मुद्धा लाग्ने देखिएपछि अहिले युवालेपनि आफूले बिहे र करणी नगरेको दावी गर्दै आएका छन् । तर प्रहरी अहिलेपनि छलफल गराएर बसेको पाईएको छ । आरोपीतलाई तत्कालै पक्राउ गरेर पीडितलाई संरक्षण गर्न सक्ने अवस्था हुँदापनि प्रहरीले तीन दिनपछि फोन गरेर बलाएर मात्र कार्यालयमा पीडित र पिडक झिकाएको देखियो ।,

‘घटनाको बारेमा बुझ्न हामीले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरीक्षक) नवराज अधिकारीसँग सम्पर्क गर्ने प्रयास गरेका थियौँ । उनी विदामा रहेको बताएपछि निमित्त प्रमुखको जिम्मेवारी पाएका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीसँग बुझ्दा आफूलाई घटना बारे थाहै नभएको बताए । महिला सेलले घटना हेरिरहेको बताएपछि उनले बुझेर जानकारी दिने बताए ।

‘केही समयको अन्तरालपछि जनबोलीलाई आफै फोन गरेर डिएसपी अधिकारीले महिला, बालबालिकाको मुद्धामा प्रहरी संवेदनशील रहेको र पीडित भनिएकी बालिका र पीडकको आरोप लागेका युवा दुबै प्रहरीको सम्पर्कमा रहेको पुष्टि गरे । अहिले अनुशन्धान भइरहेकाले अहिले नै यसै भन्न नसकिने उनको भनाई थियो । “घटना टार्न पीडकलाई थप गृहकार्य गर्ने अवसर नदिन र पीडित बालिकालाई तत्कालै संरक्षण गर्न सक्ने” अवस्था हुँदापनि तीन दिनपछि मात्र अनुशन्धान प्रक्रिया अघि बढाउँदा ढिला गरे जस्तो भएन ? भन्ने प्रश्नमा उनले प्रहरी घटनास्थल पुग्दा पीडक भनिएका युवक र पीडित भनिएकी बालिका दुबै फरार रहेकाले खोजी गर्दागर्दै कार्यालयमा नै आएकाले ढिला भन्न नमिल्ने उनको तर्क थियो ।,

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

‘हुने खाने परिवारको हुँ भन्दै पौडेलले श्रीमतीलाई बारम्बार घरेलु हिंसा गर्ने गरेको समेत खुल्न आएको छ । साउदी अरबमा रहेका दाजु अर्जुन बहादुर कँडेलले घरमा अति घृणा गर्ने गरेको पछिल्लो समय बहिनीको दुखेसो आफूले सुन्नु परेको बताए । जनबोलीसँग उनले भने कहिले अनेकौँ भनेर पिट्ने, बच्चालाई नालीमा फाल्दे भन्ने, कपडा फेरफार नदिने, बहिनीले सहेर बसेकी रहिछन् बल्ल अर्की बालिकालाई बिहे गरेर ल्यायो अरे भन्ने थाहा पाएपछि मात्र बहिनीले हिंसाको बारेमा खोलेकी छिन् ।,

‘करणीको आरोप लागेका पौडेलकी आमा सुभद्रा पौडेललाईपनि हामीले सोधेका थियौँ । उनले काम गर्न ल्याएकी केटी गोठमा काम गरिरहेको बताएकी छिन् । तर प्रहरी घटनास्थल पुगेका बेला उनले हामी बिहे गर्छौ भनेपछि दुबै परिवार मिलेर बस्छौ भने बिहे गर न त भनेर अनुमति दिएको बताएकी थिइन् । उक्त कुरा भिडियोबाट खुल्न आउँछ ।,

‘सो गाई फर्म नजिकै रहेका लक्ष्मण अधिकारीलेपनि विहेको कुरा सुनेको तर वास्तविकता के हो भनेर अझै बुझ्न नसकेको बताए । जिल्ला प्रहरीको महिला सेलले पीडित बालिका र पिडक पौडेललाई कार्यालयमा झिकाएर आवश्यक अनुशन्धान गरिरहेको छ ।,

‘तर नाबालिका करणी जस्तो जघन्य अपराधमा प्रहरीले तत्काल एक्शन नचालेको देखिन्छ । पैसाको बलमा घटनालाई दवाउने खेल भएको बहुविवाहको पीडामा परेको दोस्रो पीडित परिवारले आशंका गरेको छ । पैसाको बलमा करणीको सिकार बनेकी बालिका र परिवार मिलाउने र प्रहरीलाई समेत मौन बस्न खर्च गरेको हुनसक्ने उनीहरुको आरोप छ ।,

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु