काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिन थालेका छन् । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनु भएको हो । मन्त्री आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गर्नुभएको थियो । सोही अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको जानकारी गराइएको छ ।

आले निकट श्रोतका अनुसार राजीनामा पत्र अध्यक्षलाई बुझाइसकिएको छ । अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनु हुनेछ । आलेले आफ्नो ६ महिना भन्दा लामो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरिरहनु भएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

आलेसहित, स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु ६ सांसदले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो । तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिनु भएको हो ।

सम्बन्धित खबरहरु