काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई लिएर नयाँ दाबी गर्नुभएको छ ।

अध्यक्ष नेपालले नेकपा एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताउनु भएको हो ।

अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले यस्तो दावा गर्नुभयो ।

एमाले अध्यक्ष केपी ओलीतर्फ इङ्कित गर्दै नेपालले पार्टीमा आफूलाई कमजोर ठानेर बेवास्ता गरेपछि एमालेको उदोगन्ति सुरु भैसकेको थियो ।

आफूलाई इज्जत नदिँदाको परिणाम एमालेले अहिले भोगिरहेको नेपालको बुझाई छ । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको अध्यक्ष नेपालको आरोप छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

अब पनि एमालेमा नेतृत्व नसुध्रिए पार्टी पतन भएर जाने निश्चित भएको भविष्यवाणी उहाँले गर्नुभयो ।

अध्यक्ष नेपालले गठबन्धनको आवश्यकता कायमै रहेको बताउँदै संघीय निर्वाचनसम्म सहकार्य जारी राख्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु