काठमाडौं ।  नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रीका रुपमा काम गर्दा आफ्नै सचिवालयका सदस्यलाई तलब भत्ता नदिएको खुल्न आएको छ ।

८ महिना २० दिन काम गर्दा प्रेसको जिम्मेवारी दिइएका एक सचिवालय सदस्यलाई तलब नै नदिइ मन्त्री पदबाट विदा भएको खुल्न आएको हो ।

आँखाभरी आँशु बनाउँदै मन्त्रालयबाट बाहिरिएको केही घण्टामा नै प्रेसतर्फ मन्त्री झाँक्रीसँगै काम गर्नुभएकी कान्ति न्यौपानेले कास, ती आँशु एउटा श्रमजीवीलाई ६–७ महिना तलब नदिदाँ झरेको भए । भनेर लेख्नुभएको छ ।

उहाँलाई मन्त्री झाँक्रीले प्रेस संयोजकको रुपमा काम तोक्नुभएको थियो । ८ महिना २० दिनको कार्यकालमा न्यौपानेले ७ महिना काम गरेको खुल्न आएको छ ।

मन्त्री झाँक्रीले आइतबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटबारे उठेको प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री पदबाट राजीनामा बुझाउनुभयो । लगत्तै मन्त्रालयमा विदाई कार्यक्रममा सहभागी हुनुभयो ।

उक्त कार्यक्रममा सहभागी हुँदा मन्त्री झाँक्री बारम्बार रुनुभयो । आँशुका धारा बनाउनुभयो । भक्कानिनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

टिस्यू पेपरले बारम्बार पुछ्नुभयो । अन्तिममा पत्रकारले राखेको जिज्ञासाको जवाफ समेत दिन नसकी बाहिरिनुभयो ।

मन्त्री झाँक्री लगायतले राजीनामा दिएपछि त्यसको केहीबेरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो । जसमा एकीकृत समाजवादीको सिफारिस अनुसार झाँक्रीको ठाउँमा मेटमणि चौधरी सहरी विकासमन्त्री बन्नुभएको छ । झाँक्री २२ असोजमा मन्त्री बन्नुभएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु