काठमाडौं । सोलुखुम्बुमा वैवाहिक करणीको आरोपमा एक पत्रकार पक्राउ परेका छन् ।

गोरखा घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार वैवाहिक करणीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ती पत्रकारमाथि पटक–पटक श्रीमतीलाई यातना दिएको तथा करणी गरेको आरोप लागेको प्रहरी नायब उपरीक्षक सुनीलजंग शाहले जानकारी दिनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

गत शुक्रबार सदरमुकाम सल्लेरीबाट पक्राउ परेका थिए । आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाइएको छ ।

तर, आरोपितले भने झुटो आरोपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु