काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २२ जना मृत फेला परेका प्रहरीले जनाएको छ ।

उनीहरूको मृत्युको कारण र विवरण भने सार्वजनिक भएको छैन ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाभन्दा बढीको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् ।

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताएका छन् । उता स्काई न्युजले भने २२ जनाको शव भेटिएको प्रहरीलाई उदृत गर्दै जनाएको छ ।

प्रहरीका अनुसार भेटिएका कुनै पनि शवमा भने चोटपटक लागेको छैन । भेटिएका सबै शव पोष्टमार्टमका लागि लगिएको जनाइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु