काठमाडौं । साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।

दुई देशको सम्बन्ध तथा आपसी सहकार्यका बारेमा उहाँहरुले आइतबार छलफल गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।

साउदी अरबको भ्रमणमा रहनु भएका काधिमीले साउदीका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री समेत रहनु भएका युवराज सल्मानसँग सुरक्षा सहयोग र सहकार्यका बारेमा पनि कुरा गर्नु भएको जनाइएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उहाँहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा छलफल गर्नु भएको दुवै देशका अधिकारीहरुले बताएका छन् । त्यसैगरी क्षेत्रीय सुरक्षा तथा स्थायीत्वका बारेमा दुवै जनाले विचार आदान प्रदान गर्नु भएको थियो ।

इराकी प्रधानमन्त्री काधिमी गत शनिबार साउदी आउनु भएको हो । आइतबार नै साउदी अरबको भ्रमण सकेर उहाँ इरान जानु भएको छ ।

सम्बन्धित खबरहरु