काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई अण्डा उपलब्ध गराइने भएको हो ।
गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताउनुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा समेटिएको उक्त कार्यक्रमका लागि बजेट विनियोजनसमेत गरिएको उपाध्यक्ष सिलवालले बताउनुभयो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- राजीनामा दिएपछि मन्त्रालयको बिदाइ कार्यक्रममा जब रामकुमारी झाँक्री रुन थालिन्
- झाँक्रीको आँशु नाटक कि नटौङ्की ?
- केपी ओली प्रति अत्यन्तै सम्मान छ – झाँक्री
- अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानून, विरुद्धमा देशभर प्रर्दशन
- सरकारबाट बाहिरिए लगत्तै झाँक्रीले माधव नेपालकै गरिन् बेइज्जत
- ‘हट एण्ड सेक्सी’ अवतारमा नम्रता मल्ललाई जो कोहीले हेर्न नै मुस्किल [ १० तस्वीर ]
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- सचिन परियार किन माग्दै हिडेका छन् त ? खुल्यो रहस्य
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- यस्तो छ आज सोमबारको विनिमयदर : कति पुग्यो डलरको मूल्य ?
- चेक साट्न गएका देवचुलीका कृष्ण बेपत्ता, देख्नेले यो नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन अपिल
उहाँका अनुसार उक्त कार्यक्रमअनुसार प्रत्येक पटक गर्भवती जाँच गराउँदा एक क्यारेट अण्डा उपलब्ध गराइने छ । “हामीले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा आई गर्भ जाचँ गराउनका लागि प्रेरित गर्न प्रत्येक जाँचमा एक क्यारेट अण्डा कार्यक्रम ल्याएका हौँ, उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ”, उपाध्यक्ष सिलवालले भन्नुभयो ।”
यसैबीच गर्भवतीई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने उपाध्यक्ष सिलवालले बताउनुभयो । उहाँका अनुसार सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा ल्याब सञ्चालन गर्ने, किशोरकिशोरीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वंयसेविकालाई परिचालन गर्न थप प्रोत्साहन गरिनेछ ।
उहाँले गाउँपालिकामा रहेको साविकको दारेचोक स्वास्थ्य चौकीमा आवश्यक व्यवस्थापनसहित तत्काल १५ शय्याको इच्छाकामना अस्पताल सञ्चालन गरिने जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकामै सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । यहाँ अस्पताल नहुँदा भरतपुर नै पुग्नुपर्ने अवस्था रहेको छ ।
साथै कुरिनटारमा निर्माण सुरु गरी अलपत्र भएकोे १५ शय्याको इच्छाकामना अस्पतालको अधुरो काम सुचारु गर्न जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइ अस्पताल निर्माण कार्यलाई तीव्रता दिइनेछ ।
राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटनाका घाइते तथा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ट्रमा सेन्टर तथा निजी स्वास्थ्य संस्थासँगसमेत सहकार्यका लागि समन्वय गरिने उपाध्यक्ष सिलवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका अति विपन्न गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने छ, भने सबै वडामा घरदैलो ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने छ ।