काठमाडौं । पछिल्लो समय गर्मी बढेसँगै नेपालले भारतमा राम्रो विजुली बिक्रि गर्ने मौका पाएको छ ।

नेपालले दैनिक ५ करोड ५० लाख सम्मको आम्दानी विजुलीबाट गर्न थालेको हो ।

बिजुलीको अभाव भएको समयमा नेपाल विद्युत प्राधिकरणले भारतबाट विजुली आयात गरी उद्योग कलकारखानाहरुमा र घरायसी प्रयोगका लागि विजुलीको परिपुर्ति गरिरहेको थियो ।

पछिल्लो समय बर्खा लागेसँगै खोलानालाहरु बढेपछि नेपालको विजुली उत्पादन धेरै हुने भएकाले भारततर्फ निर्यात दिनप्रतिदिन बढ्दै छ ।

प्राधिकरणका अनुसार पछिल्लो समय नेपालको विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरणसम्बद्ध कम्पनीहरुबाटको १० हजार १ सय ११ मेगावाट आवर, स्वतन्त्र उर्जा उत्पादकहरुबाट १६ हजार ४ सय ७० मेगावाट आवर र नेपाल विद्युत प्राधिकरणका सब्सीडरी कम्पनीबाट १२ हजार ८ सय १७ मेगावाट आवर विजुली जोडिएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

यस्तै भारतबाट पनि नेपालले १६ सय ५५ मेगावाट आवर विजुली आयात गरिरहेको छ । यसरी नेपालको कुल विद्युत माग ३२ हजार ५ सय ७२ मेगावाट आवर भएपनि हाल प्रणालीमा बढी भएको विजुली भारत निर्यात हुँदै आएको छ ।

भारतीय ईनर्जी एक्सचेन्जको मागअनुसार हाल नेपालबाट प्रतिदिन औषतमा ७ हजार देखि ८ हजार ७ सय मेगावाट आवरसम्म विजुली निर्यात भइरहेको छ । नेपालले यस्तो विजुली भारतमा औषतमा प्रतियुनिट ९ रुपैयाँ ८० पैसामा बेचिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

नेपालका विभिन्न स्थानमा पछिल्लो समय भएको उच्च बर्षाका कारण खोलानाला बढेपछि नदी प्रवाहीमा आधारित जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बढेको छ । जसका कारण प्रणालीमा विजुली थपिएसँगै बढी भएको विजुली भारत निर्यात थालिएको हो ।

जसअन्तर्गत हालसम्म प्राधिकरणले सबैभन्दा बढी ८ हजार ८ सय मेगावाट आवर अर्थात ८८ लाख युनिट विजुली भारत निर्यात गरेको छ ।

भारतले नेपाललाई ३ सय २५ मेगावाट विजुली भारतमा बेच्ने अनुमति पाएको भएपनि कहिलेकाहीँ बढी विजुली पनि बेचिरहेको छ । हाल नेपालले भारतमा अनुमति पाएको भन्दा ३० देखि ३५ मेगावाट विजुली बढी पनि पठाउने गरेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु