काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नै डुब्न लाग्ने अवस्था आएपछि अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको स्वीकार गर्नुभएको छ ।

उहाँले डुब्न लागेका कारण एमसीसी अनुमोदन गराउन १२ बुँदे व्याख्यात्मक घोषणाको त्यान्द्रोको सहारा लिएको समेत स्वीकार गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयक कार्यक्रममा उहाँले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र एसपीपी खारेज गराउन निर्णायक भूमिका खेलेको भन्दै एसपीपीबाट भने आफ्नो बचाउ गर्नुभयो ।

उहाँले एमसीसीमा १२ बुँदे ब्याख्यात्मक घोषणालाई डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको रुपमा व्याख्या गर्दै एसपीपी रोक्न भने सकेको स्पष्ट पार्नुभयो ।

‘एउटा परिस्थिथितिमा १२ बुँदे बनाएर ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो । यहाँ कुनै लुकीछिपी छैन । तर एसपीपी खारेज गराउने निर्णायक भूमिका हामीले नै खेलेको हो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

यो सत्यलाई कसैले इन्कार गर्न हुँदैन’ अध्यक्ष प्रचण्डले जोड दिनुभयो । एमसीसीकै प्रति घातकको रुपमा एसपीपी आएपछि सर्वत्र विरोध भएको थियो । विरोधपछि पाँच दलीय गठबन्धनको सरकारले नेपालले एसपीपी स्वीकार नगर्ने निर्णय गरेको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु