काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई व्यांग्य प्रहार गर्नुभएको छ ।

उहाँले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी प्रश्न गर्नुभएको छ ।

किनकी कांग्रेस महामन्त्री थापाले संसदको रोस्टमबाट नेपालमा अमेरिकी सेना आयो भने मलाई चारपाटा मुडेर थानकोट कटाईयोस्, मेरो सर्वस्व हरण गरियोस् भन्नुभएको थियो ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : सम्भावना र चुनौती विषयक कार्यक्रममा उहाँले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी सोध्नुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुँदा थापाले नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटो कुरा फैलाइएको भन्दै आक्रोश पोख्दै यस्तो अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले त्यतिबेला अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस् समेत भन्नुभएको थियो । यो विषय सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ ।

थापाको सोही भनाइतर्फ लक्षित गर्दै खनालले अमेरिकी सेनाको स्टेट पार्टरसिप प्रोग्राम (एसपीपी) मा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासको विषय उल्लेख भएको मस्यौदा सार्वजनिक भएको बताउनुभयो ।

‘त्यतिबेलै मान्छेहरुले भनेका थिए एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भनेर’ खनालले भन्नुभयो, ‘त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाइ चार पाटा मुडेर निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ? यो डकुमेन्टले देखाएन ? मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा ।’

खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको आफूले चर्को विरोध गरेको तर कतिपय नेतालाई एमसीसी पारित नगरे समाप्त भइन्छ भन्ने डर लागेको बताउनुभयो ।

अहिले एसपीपी प्रस्ताव अस्वीकार गर्दा भने नेताहरुले वुद्धि पुर्‍याएको बताउनुभयो । ‘नेपाली पहाडमा अमेरिकी सेना परेड खेल्नबाट रोकियो । अलिकति भए पनि हाम्रो राष्ट्रियता जोगियो’ उहाँको भनाई थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु