काठमाडौं । अमेरिकाको टेक्सासमा लरी (ट्रक) भित्र कम्तिमा ४६ जना आप्रवासीको शव फेला परेको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार फरक–फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्याइएको छ।
सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ।
केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो । द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका थिए।
सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ।
सान एन्टोनियो फायर चीफ चार्ल्स हुडले कम्तिमा ४६ जनाको मृत्यु भएको र चार बालबालिका सहित १६ जनालाई अस्पतालमा भर्ना गरिएको पुष्टि गरेका छन् ।
मृतकहरूमा पुरुष र महिलाहरू छन् । जसमा धेरै युवाहरु समावेश छन् अधिकारीहरूले भने।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- शाहरुख खानले खेल्न अस्वीकार गरेका यी ७ ब्लकबस्टर फिल्म, बक्स अफिसमा तोडिए धेरै रेकर्ड
- नेपालका यी शीर्ष ८ अभिनेत्री : नम्बर वानमा को छ ?
- यी ५ सरल तरिकाबाट सेक्स लाइफ बनाउँनुहोस् झनै फण्टासी
- श्रीमतीले नदीमा हामफालिन् : निकाल्न गएका श्रीमानपनि २५ मिटर तल डुबे, भाईले निकाले शव
- अनौठो रुपमा नेपाल छिरेर भारत ल्याउँदै १३ नेपाली कुमारी बालिकालाई शिकार बनाएको दिनेश पक्राउ
- मंगल-राहुको संयोगले ३७ वर्षपछि बनेको अंगारक योग यी राशीका लागि बढ्दो कठिनाई
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- अभिनेत्री मलाइकाले प्रेमी अर्जुनलाई दिइन् जन्मदिनको उत्कृष्ट शुभकामना, यति धेरै खुशी साझा गरे [ ९ तस्वीर ]
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- बेलायतसँग वार्ताको पहलका लागि भूपू गोर्खाले गुहारे प्रधानमन्त्री र प्रचण्ड
- नेपाल सरकारले अमेरिकालाई पठायो एसपीपीमा आबद्ध नहुने निर्णय
घटनामा शंकास्पद तीन जनालाई हिरासतमा लिएको छ । सान एन्टोनियोका प्रहरी प्रमुख विलियम पी म्याकमानुसले भने थप अनुशन्धान चलिरहेको छ ।
यो गम्भिर घटना सोमबार साँझ दक्षिणपश्चिम सान एन्टोनियोको एक अविकसित क्षेत्रमा रेलमार्ग ट्र्याकहरू नजिकै देखिएको थियो। यस क्षेत्रमा काम गर्ने कोहीले मद्दतको लागि कराएको सुनेको र कम्तिमा एउटा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पछि हामीले ट्रक खोलेर हेर्दा त्यहाँ शवको थुप्रो देखियो फायर प्रमुखले भने।
प्रहरी प्रमुखका अनुसार त्यहाँ मृत्यु भएकाहरूलाई पानी र सास फेर्न अक्सिजनको अभाव थियो ।
म्याकमानुसले भने कि होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनले अनुसन्धानको जिम्मा लिएको छ। मृत्युको अनुसन्धान गर्नेहरूका लागि अत्याधिक गर्मी र अक्सिजनको कमिलाई ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार तापक्रम अत्याधिक थियो ।
मानिसहरूले खचाखच भरिएको ट्रेलर भित्रको ताप बाहिरको तापक्रम भन्दा धेरै बढी थियो।
चिकित्सा परीक्षकहरूको राष्ट्रिय संघको समितिले गरेको अनुशन्धानमा सन् २०१७ मा गर्मीका कारण सान एन्टोनियोमा ३९ जना बोकेको ट्रकमा १० आप्रवासीको मृत्यु भएको थियो ।
अनुशन्धानमा खटिएका अधिकारीले भने, षड्यन्त्र पूर्वक आप्रवासीहरूलाई ढुवानी गर्दा यस्तो घटना भएको हुनसक्छ । यस घटनामा नेपालीहरु परेका छन् या छैनन् अझै खुलेको छैन । घटना अनुशन्धान र खोजी कै क्रममा छ ।
बैको जानकारीको सेयर गर्नुहोस !!