इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आज या भोलीसम्म अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने बताएका छन् ।

युक्रेनमा रुसको आक्रमणमा केन्द्रित वार्ताका लागि म्याड्रिडमा नेटो शिखर सम्मेलन हुन गइरेहको यस अवस्थामा वार्ता गर्ने उनले बताएका छन् ।

बाइडेनसँग आज बिहान कुरा गरेको र उनले आज राती वा भोलीसँगै बस्ने इच्छा व्यक्त गरेका इर्डोगानले बताएका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

एर्डोगानले म्याड्रिड उडान भर्नुअघि पत्रकारहरूलाई स्वीडेन र फिनल्याण्डको सैन्य ब्लकमा वार्ता केन्द्रित हुने सम्भावना रहेको बताउनु भएको छ ।

चीन र अफगान विदेशमन्त्रीबीच टेलीफोनवार्ता
चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानको अन्तरिक सरकारका कार्यबाहक विदेशमन्त्री अमिर खान मुताकीबीच फोनवार्ता भएको छ ।

विदेश मन्त्री वाङले सोमबार अफगानिस्तानका कार्यबाहक विदेशमन्त्री मतिकीलाई फोन गरेर गत साताको भूकम्पबाट अफगानिस्तानमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।

साथै उनले अफगान सरकार र जनताप्रति सहानुभूति जनाएका थिए । चीन अफगानिस्तानको साथमा रहेको भन्दै उनले भूकम्पबाट प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच,अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ ।

भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली सङ्घमा आवद्ध देशका साथै अन्य एशियाली मुुलुक र अन्तर्राष्ट्रिय रेडक्रसले पनि राहत सामग्री प्रदान गरेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु