काठमाडौं । ठूलो आक्रमणमा बाँच्नु भएका पाकिस्तानी युवक अहमद नवाजले बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा ठूलो जिम्मेवारी पाउनु भएको छ ।
आर्मी पब्लिक स्कूल (एपीएस) आक्रमणमा बाँच्नु भएका अहमद नवाजले पूर्वप्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिनु भएको हो ।
अक्सफोर्ड युनिभर्सिटी युनियनको अध्यक्ष बनेपछि खानले ट्वीटरमा अहमदलाई बधाई दिनु भएको थियो ।
इमरान खानको प्रोत्साहनलाई ठूलो सम्मान भन्दै अहमदले पाकिस्तानी नेतृत्वले युवाहरूलाई समर्थन गरेर अवसरहरू प्रदान गर्न जारी राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अवसर दिएमा युवाहरूले अभूतपूर्व उचाइ हासिल गर्न सक्ने कुरा पनि उहाँले खानलाई दिएको जवाफमा थप्नुभयो ।
अहमदका बुबा मुहम्मद नवाज खानले पनि आफ्नो ट्विटरमा पीटीआई अध्यक्ष समेत रहनु भएक इमरान खानलाई धन्यवाद दिनु भएको छ ।
अहमदका बुवाले घाइते छोरा अस्पताल हुँदा पूर्वप्रधानमन्त्री खानबाट पाएको साथ र प्रोत्साहनलाई पनि याद गर्नुभयो । इमरान खानलाई धन्यवाद दिदैँ उहाँले भन्नु भएको छ, ‘तपाईंको गहिरो समर्थन र प्रोत्साहनलाई कहिल्यै बिर्सन सकिदैँन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने
- युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ
- हज्जारौंको भीडमा कमेडियन कपिल शर्माले श्रीमती गिन्नीको अपमान गरेपछि…
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- यहाँ छिन् बाल्यकालकी अभिनेत्री करिना कपुर, हजुरबुबासँगको सम्बन्ध खुलाउँदा विवादित
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
विशेष गरी हामी बेलायत जाँदै गर्दा तपाईं पेशावर अस्पतालमा आउनुभयो । तपाईं सधैं हाम्रो लागि रोल मोडेल र प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ ।’
यता, अहमद नवाजले प्रधानमन्त्री शहबाज शरीफलाई धन्यवाद दिनु भएको छ । उहाँले लेख्नुभयो, ‘धन्यवाद प्रधानमन्त्रीज्यू, तपाईंको हौसला पाउनु र युवाहरुलाई प्रेरणा दिन पाउनु ठूलो सम्मानको कुरा हो ।’ आफूले सशक्तिकरणको लागि काम गर्न उत्सुक रहेको स्पष्ट पार्नुभयो ।
Congratulations Ahmad Nawaz on being elected President of Oxford Union. This brave young man who survived the 2014 APS terrorist attack, is an inspiration for all. Ahmad you make us all proud with your spirit & determination reflected in your continuing achievements. pic.twitter.com/MRU9KvETSB
— Imran Khan (@ImranKhanPTI) June 27, 2022
अहमदले यसअघि राष्ट्रपति डा आरिफ अल्वीलाई पनि धन्यवाद दिनु भएको थियो । हरेक पाइलामा पाकिस्तानीहरूबाट प्राप्त सहयोगका लागि कृतज्ञ भएको प्रतिकृया उहाँले दिनुभयो । उहाँले सकेसम्म धेरै युवाहरूलाई सशक्तिकरण गर्ने आफ्नो संकल्प समेत दोहोर्यानु भएको छ ।
सन् २०१४ मा पाकिस्तानको पेशावरमा एक सैनिक विद्यालयमा भएको भीषण हमलामा बाँच्नु भएका अहमद नवाजले बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयको डिबेटिङ सोसाइटीको अध्यक्षको रूपमा आफ्नो जिम्मेवारी पाउनु भएको हो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!