काठमाडौं । भक्तपुरको बालकोटमा सबैको मुटु चर्किने घटना भएको छ ।

चियागफका लागि रेष्टुरेण्टमा भेट्न बोलाएका युवकले आफन्त युवतीलाई होटलको कोठाभित्र लगे । त्यहाँ युवतीमाथी उनी अचानक आक्रमक भएर बलात्कार गर्न अघि सरे ।

युवती बलात्कार गरेको आरोपमा बालकोटका एकजना पक्राउ परेका हुन् । प्रहरीले युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई भक्तपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् ।

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रिसोर्टमा लगेर युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ । त्यहाँको रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीले खत्रीलाई जबर्जस्ती बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सोही आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ । भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले यसको पुष्टि गर्नुभयो ।

मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी वृत्तबाट टोली खटिएको थियो । उनलाई रिसोर्टबाटै पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु