काठमाडौं । खेत जोत्ने क्रममा ५ सय र एक हजारका नोट फेला परेपछि सबै हैरान भएका भन् ।
भारत, बिहारको राजधानी पटनामा ट्याक्टरले खेत जोत्ने क्रममा ५ सय र एक हजारका पुरानो नोट फेला पारिएको हो ।
त्यसपछि उक्त क्षेत्रमा नोट लुट्नेहरुको भीड लागेको थियो । वास्तवमा यो अचम्मको घटना पटना जिल्लाको पालीगञ्ज उपविभागको सिङ्गोदी क्षेत्रको हो ।
त्यहाँको पसौदा गाउँमा जमिनबाट नोट निस्किएको सुनेपछि सयौं गाउँले घटनास्थल पुगेका थिए । जसको हातमा नोट थियो, उ लिएर त्यहाँबाट भाग्यो । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । तर त्यतिन्जेलसम्म सबै नोट लिएर मानिसहरू भागिसकेका थिए ।
सिङ्गोदी प्रहरी चौकी मनोजकुमार भन्नुहुन्छ, ‘प्रहरी चौकी क्षेत्रको पसौदा गाउँमा ट्याक्टरले खेत जोत्दा ५ सय र एक हजारका पुराना नोट फेला परेको बताइएको छ ।
त्यसपछि प्रहरी घटनास्थलमा पुग्यो तर त्यतिन्जेल खेतबाट सबै नोट हराइसकेका थिए । नोट लिएर मानिसहरु भागिसकेका थिए । अहिले फरार व्यक्तिको पहिचान भईरहेको छ, पैसा कसको हो र कहिले भुइँमा गाडेको हो, यो नोट पाएपछि मात्र थाहा हुनेछ ।’
सिङ्गोदी चौकी क्षेत्रको पसौडा गाउँका अजय सिंहको खेतमा ट्र्याक्टरले खेत जोत्ने काम भइरहेको थियो । सो क्रममा भारत सरकारले बन्द गरेको ५ सय र एक हजार रुपैयाँले भरिएको बोरा ट्याक्टरको हलोमा फस्यो ।
ट्र्याक्टरमा फसेको बोरालाई चालकले निकाल्न प्रयास गर्दा त्यहाँको दृश्य देखेर छक्क परेका हुन् । बोरा फुटेपछि पाँच सय र एक हजारका पुराना नोट खेतभरी फैलिए ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- सन्नी लियोनीलाई टक्कर दिन सक्ने भन्दै नेपाली चेली सुष्मा अधिकारीको भारतभर चर्चा [ १० तस्वीर ]
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने
- युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ
- हज्जारौंको भीडमा कमेडियन कपिल शर्माले श्रीमती गिन्नीको अपमान गरेपछि…
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- यहाँ छिन् बाल्यकालकी अभिनेत्री करिना कपुर, हजुरबुबासँगको सम्बन्ध खुलाउँदा विवादित
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
त्यसपछि ट्याक्टर चालकले गाउँमा गएर घटनाबारे खेत मालिक र गाउँलेलाई जानकारी गराएका थिए । खेतबाट ठूलो मात्रामा नोट निस्किएको सुनेपछि गाउँलेहरू खेततर्फ दौडे । उनीहरुले जति सक्दो धेरै नोट लिएर भागेको बताइन्छ ।
यसबीच कसैले प्रहरीलाई यसबारे जानकारी गरायो । खबर पाएलगत्तै प्रहरी पनि घटनास्थलमा पुगेको थियो ।
तर, त्यतिन्जेल गाउँलेहरु सबै नोट लुटेर भागिसकेका थिए । यति ठूलो परिमाणमा पुराना नोट कसले जमिनमा लुकाएर राख्यो भन्ने कुरा अहिले प्रहरीले खोजी गरिरहेको छ । लुटिएका पुराना नोट बरामद गर्न प्रहरीले छापा मारिरहेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!