काठमाडौं । विवाहमा भएको सामान्य विवादले उग्र रुप लिएपछि एक दर्जन मान्छेहरू घाइते भएका छन् ।

भारत, उत्तर प्रदेश, एटा जिल्लाको मिरहाची क्षेत्रको खाजीपुर गाउँमा एक डरलाग्दो घटना घटेको हो । आइतबार हातरस जिल्लाको मिलौली गाउँबाट जन्ती आएका थिए ।

केटाको विवाह एटा ख्वाजीपुर निवासी स्वर्गीय अमर सिंहकी छोरी अनितासँग तया भएको थियो । विवाह समारोहमा डीजेमा गीत बजिरहेको थियो, मानिसहरु नाचिरहेका थिए ।

सोही क्रममा केही मानिसहरु आपसमा झडप गर्न थाले । झगडा मनपर्ने गीतलाई लिएर सुरु भएको थियो ।

एक पक्षले भन्यो–गीत हाम्रो रोजाइको हुनुपर्छ । अर्को पक्षले पनि आफ्नो रोजाइको गीत बजाउन भन्यो । त्यसपछि दुवै पक्षबीच झडप भएको हो । झडपमा १२ जना घाइते भएका छन् । खाजीपुर गाउँमा जन्ती निकाल्ने क्रममा दुलहा र दुलही पक्षबीच झडप भएको हो । डीजेमा मनपर्ने गीतलाई लिएर विवाद भएको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सो क्रममा दुवैतर्फबाट लात, मुक्का र लाठी प्रहार भयो । एकाएक विवाह समारोह रणभुमि बन्यो । दुवै पक्षका १२ जना घाइते भएका छन् । घाइते हुनेमा केटीका भाइ योगेश र मन्तोष र उनका नातेदार मनवीर र अजब सिंह पनि रहनु भएको छ । घाइतेमध्य ४ जनालाई एटा मेडिकल कलेजमा भर्ना गरिएको छ ।

त्यसपछि विवाद मिरहाची प्रहरी चौकीसम्म पुग्यो । दुई पक्षबीच लामो बहस भयो । जन्ती र माइती पक्षले मण्डपको सट्टा प्रहरी चौकीमा जानुपर्यो । यसबीच, धेरै जन्ती भागेको खुलेको छ । तर केटी पक्षले बेहुलालाई जबरजस्ती बस्न बाध्य पार्यो । उक्त विवाद केही घण्टासम्म चल्यो ।

अन्ततः दोस्रो दिन गत (सोमबार) साँझ केटी र केटाको विधीपूर्वक विवाह सम्पन्न भयो । लगभग १६ घण्टापछि दुलही लिएर केटा पक्ष घर गयो । दुलहीका काका सतीश चन्द्रले केटा पक्षका २५ जनाविरुद्ध मिरहाची प्रहरी चौकीमा उजुरी दिनु भएको छ, जसको अनुसन्धान भइरहेको छ ।

प्रहरी चौकी मिरहाची क्षेत्रपाल सिंहले केटीका तर्फबाट केटाविरुद्ध उजुरी परेको बताउँदै दंगाको दफा अन्तर्गत मुद्दा दर्ता गरी कारबाही भइरहेको जानकारी दिनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु