काठमाडौं । अभिनेता रणवीर कपुर र आलिया भट्टले विवाह गरेको दुई महिनापछि आमाबुवा बन्न लागेको भन्दै खुशीको खबर दिएका छन् ।

अप्रिल महिनामा उनीहरुको विवाह नजिकका मानिसहरुबीच धुमधामका साथ सम्पन्न भएको थियो ।

सोमबार आलियाले आफू आमा बन्न लागेको बताइन् । केही दिन अघि रणवीर कपुरले आफ्नो एक अन्तर्वार्तामा पहिलो श्रीमतीको बारेमा कुरा गरेका छन् । उनी आफ्नो पहिलो श्रीमतीलाई भेट्न चाहान्छन् ।

रणवीरले आलिया वा कुनै प्रोजेक्टको बारेमा नभई आफ्ना एक फ्यानको बारेमा कुरा गरिरहेका थिए ।

रणवीरले आलियाको सन्तानको खबर दिनुभन्दा केही दिन अगाडि नै आफ्नो पहिलो ‘पत्नी’ बारे जानकारी दिएका हुन् । रणवीर कपुरका एक फ्यानले उनलाई आफ्नो पति मान्छिन्, यो कुरा रणवीरलाई पनि थाहा छ । आलियासँग बिहे गर्नु भन्दा अगाडि उनीसँग उनको ‘विवाह’ भइसकेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

रणवीर अब पहिलो श्रीमतीलाई भेट्न चाहन्छन् । मैशेबलसँगको कुराकानीमा रणवीर कपुरले यो रोचक कुरा सुनाएका हुन् । आलियासँग बिहे गर्नुअघि एक फ्यानले उनीहरुको अपार्टमेन्ट वास्तु गेटसँग बिहे गरेकी थिइन् । यो कुरा रणवीरलाई उनका सुरक्षा गार्डले बताएका हुन् ।

युवती पण्डितसँगै आएको रणवीरले बताए । उनले भवनको गेटमा टीका लगाएकी थिइन् । रणवीर भन्छन्, ‘एउटी केटी थिइन्, जसलाई मैले कहिल्यै भेटिनँ । पण्डित लिएर मेरो गेटसँग बिहे गरेको मेरो वाचम्यान (गार्ड) ले बताए । गेटमा सिन्दुर र बेसारको टीका थियो । केही फूलहरू पनि थिए ।

यो एकदम अनौठो छ ।’ रणवीरले ठट्टा गर्दै उनै फ्यानलाई आफ्नो पहिलो पत्नी भन्छन् । यद्यपि उनले उनीसँग कहिल्यै भेट गरेका छैनन् । उनले भने, ‘मैले अहिलेसम्म पहिलो श्रीमतीलाई भेटेको छैन, त्यसैले कुन दिन भेट्न चाहन्छु ।’

कामको कुरा गर्दा रणवीर फिल्म शमशेराको कारण चर्चामा छन् । दर्शकहरु उनको बहुप्रतिक्षित फिल्म ब्रह्मास्त्रको पनि प्रतिक्षामा छन् । यस फिल्ममा उनीसँगै उनकी पत्नी आलिया भट्ट पनि देखिनेछिन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु