काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मङ्गलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

बेहोस भएको व्यक्तिलाई बाहिर निकाल्न अन्य सात जना इनारभित्र पसेका थिए दुर्भाग्यवश उनीहरु पनि बेहोस परेको सिन्ह्वाले उल्लेख गरेको छ ।
उक्त खबर पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको समाचारमा जनाइएको छ ।

सो घटनामा परी निसास्सिएर पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको सिन्ह्वाले जनाएको छ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु