काठमाडौं । बलिउडमा दशकौंदेखि राज गर्दै आएका अमिताभ बच्चन सामाजिक सञ्जालमा प्रायः सक्रिय रहने गरेका छन् ।

उनका पोष्टहरू यति अचम्मका हुन्छन्, सेयर हुनुका साथै समाचार पनि बन्छन् । उनको पोस्टलाई फ्यानहरुले मन पराउँछन् ।

अमिताभले इन्स्टाग्राम अकाउन्टमा पछिल्लो एक तस्वीर पोष्ट गरेका छन्, जसमा उनीसँगै अर्का अभिनेता अमिर खान देखिन्छन् ।

तस्वीर अचम्मको छ, जसमा अमिताभ आफ्नो कारमा बसिरहेका छन् भने आमिर कार बाहिर उभिरहेका छन् । दुबै जना हाँस्दै छन् ।

पोस्ट सेयर गर्दै अमिताभले क्याप्सनमा लेखेका छन्, ‘अनि म जाँदै छु… मेरो कारको झ्यालमा ठोक्कियो र यो अमिर खान हो.. भगवान ! एक साँझमा यति धेरै साथीहरू ।’ बच्चनको यो पोस्टलाई धेरै फ्यानले मन पराएका छन् ।

योसँगै उनको कमेन्ट बक्स पनि धेरै कमेन्टले भरिएको छ । तस्वीरमा आमिर खानले गुलाबी र सेतो रंगको शर्ट लगाएका छन् भने अमिताभ बच्चनले कालो हुडी लगाएका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सोच्नुपर्ने कुरा के छ भने दुवै कलाकारले ‘ठग्स अफ हिन्दुस्तान’ मा सँगै काम गरेका थिए । तर, फिल्म फ्लप भयो ।

हिन्दी चलचित्र उद्योगमा दुवै कलाकारबीच राम्रो बन्धन छ । अर्कोतर्फ अमिताभको कामको कुरा गर्ने हो भने अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ प्रदर्शनको तयारीमा छ ।

फिल्ममा अमिताभसँगै रणवीर कपुर, नागार्जुन, आलिया भट्ट र मौनी रोय पनि देखिनेछन् । यसबाहेक उनी प्रभास र दीपिका पादुकोणसँग ‘प्रोजेक्ट के’ मा पनि देखिनेछन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु