काठमाडौं । चट्याङ लागेर २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा चट्याङ खसेको सूचना आइरहेको छ ।
यही क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते हुनुभएको छ । उहाँको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।
पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
यस्तै अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका–११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा मात्र चार जनाको मृत्यु भएको छ। कैलालीमा दुई र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
खेतमा रोपाइँ गरिरहेका वेला चट्याङ लागेर कैलालीको कैलारी गाउँपालिका–१ का ५६ वर्षीया सुगापङ्खी र गोदावरी नगरपालिका–३, मालाखेतीका ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको हो। पुनाराम कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का बासिन्दा हुनुहुन्छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- सन्नी लियोनीलाई टक्कर दिन सक्ने भन्दै नेपाली चेली सुष्मा अधिकारीको भारतभर चर्चा [ १० तस्वीर ]
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का २५ वर्षीया शारदा थापा र पुनर्वास–६, टाउन बजार, प्रतिभानगरका ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर मृत्यु भएको छ। बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते हुनुभयो । उहाँको गुलरियास्थित इशान अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
यसै गरी, कैलारी गाउँपालिका–३ का ३२ वर्षीय धनीराम चौधरी र वडा नं ४ का ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते हुनुभएको छ । खेतमा काम गरिरहेका वेला उहाँहरूलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!