बलेवा (बागलुङ), १७ माघ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले विद्युत् महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।
लामो समयसम्म विद्युत महसुल नतिर्दा बक्यौता रकम बढी भएको भन्दै अटेर गर्ने व्यक्ति, सङ्घसंस्था तथा कार्यालय सबैको लाइन काट्न सुरु गरेको कार्यालयले जनाएको छ ।
कार्यलयका अनुसार जिल्लाका भकुण्डे, तित्याङ, रायडाँडा विहुँ, तङ्ग्राम, अमलाचौर, रिघा, मल्म तथा बागलुङ बजारका गरी एकसय ग्राहकको विद्युत् लाइन काटिएको छ ।
‘रु एक करोडभन्दा बढी बक्यौता रकम उठ्न बाँकी छ’ कार्यालयका अधिकृत सर्वजित केसीले भन्नुभयो, “पटकपटक महसुल तिर्न आग्रह गर्दापनि अटेर गरेका कारण बाध्य भएर लाइन काटेका हौँ ।